सुर्खेत। नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ, वीरेन्द्रनगर नगर कमिटीले आगामी फागुन २ गते भातृ तथा पेसागत संगठनमा आबद्ध महिला पदाधिकारीहरूको भेला आयोजना गर्ने तयारी गरेको छ।
अखिल नेपाल महिला संघ वीरेन्द्रनगर नगर कमिटीका अध्यक्ष टिका घलेको अध्यक्षतामा सोमबार पार्टी कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा पार्टी केन्द्रीय सदस्य तथा वीरेन्द्रनगर निर्वाचन परिचालन संयोजक मोहनमाया ढकालले नेकपा एमालेका भातृ तथा शुभेच्छुक संघ–संगठनमा आबद्ध ६ सयभन्दा बढी महिलालाई भेलामा सहभागी गराइने जानकारी दिनुभयो। उहाँका अनुसार भेला आगामी निर्वाचनलाई लक्षित गर्दै जनतामाझ पुग्ने रणनीति, महिला शुभेच्छुक संगठनको भावी कार्यदिशा तथा निर्वाचनमा संगठनको भूमिकामाथि केन्द्रित हुनेछ।
संयोजक ढकालले अपेक्षित सफलता सबैको साझा प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्दै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेको जित लगभग सुनिश्चित रहेको दाबी गर्दै पार्टी पंक्तिलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।
बैठकमा नेकपा एमालेका विभिन्न भातृ संगठन तथा शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व गर्ने महिला प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
Introduction: Why Albania Matters Now For industry analysts, understanding the nuances of emerging markets is crucial. Albania, with its growing internet…