• माघ २६, २०८२
  • No Comment
  • 24

सुर्खेतमा लागूऔषधसहित दुई युवक पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले दुई जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। साेमवार बिहान करिब १०ः३० बजे वीरेन्द्रनगर नगरपालिका–११ स्थित स्थानमा लागूऔषधको कारोबार भइरहेको सूचनापछि प्रहरी टोली खटिएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।  प्रहरीले शंकास्पद अवस्थामा फेला पारेका दुई युवालाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर बरामद गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट शुद्ध ८ ग्राम १८० मिलिग्राम ब्राउनसुगर रितपूर्वक बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ निवासी २० वर्षीय शौरभ सुनार र दैलेख जिल्लाको दुल्लु नगरपालिका–१३ निवासी १९ वर्षीय नरेन्द्र तिरुवा रहेका छन्।

दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ। अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

वीरेन्द्रनगरमा ६ सय महिला भेला गर्ने  नेकपा एमाले निकट अखिल मिहला संघकाे तयारी

वीरेन्द्रनगरमा ६ सय महिला भेला गर्ने नेकपा एमाले निकट…

 सुर्खेत। नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ, वीरेन्द्रनगर नगर कमिटीले आगामी फागुन २ गते भातृ तथा पेसागत संगठनमा आबद्ध…

Chasing Aces Abroad: Your Slovak Guide to the Best…

Why This Matters to You, the Seasoned Gambler Let’s be honest, you’ve seen it all. You’ve navigated the highs and lows,…

Decoding Twin Casino Slots: RTP, Volatility, and What Portuguese…

Introduction: Why RTP and Volatility Matter for the Portuguese Market In the dynamic landscape of online gambling, understanding the intricacies of…

Leave a Reply

Your email address will not be published. Required fields are marked *