• माघ २५, २०८२
  • No Comment
  • 19

पाचन प्रणाली बलियो बनाउने ४ उपाय

 पाचन प्रणाली जीवले खाना खाने र पचाउने प्रक्रियासँग सम्बन्धित महत्त्वपूर्ण प्रणाली हो। खाना मुखबाट प्रवेश गरी ग्यास्ट्रोइन्टेस्टाइनल (जीआई) ट्रयाक्ट हुँदै गुदासम्म पुग्छ। कलेजो, प्यान्क्रियाज र पित्ताशय पाचन प्रणालीका प्रमुख ठोस अङ्गहरू हुन्, जसले खाना पचाउन शरीरलाई सहयोग गर्छन्।

तर पाचन प्रणालीको उचित ख्याल नगर्दा पेट खराब हुने, ग्यास जम्ने, छाती पोल्ने, वाकवाकी लाग्ने, कब्जियत वा पखाला जस्ता समस्या देखिन सक्छन्। सामान्य अवस्थामा यी समस्या घरेलु उपायबाट निको हुन सक्छन्। तर समस्या दोहोरिरहेमा ग्यास्ट्रोइसोफेजल रिफ्लक्स रोग, दीर्घकालीन झाडापखाला, ग्यास्ट्रोएन्टेराइटिस तथा अल्सर जस्ता गम्भीर रोगको जोखिम बढ्न सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।

स्वस्थ पाचन प्रणालीका लागि खानपान र जीवनशैली अत्यन्त महत्त्वपूर्ण मानिन्छ। पाचन प्रणाली बलियो बनाउन अपनाउन सकिने ४ प्रभावकारी उपाय यस्ता छन्–

१. आहारमा फाइबरको मात्रा बढाउने

पाचन प्रणालीलाई स्वस्थ राख्न फाइबरयुक्त खानेकुराको सेवन आवश्यक हुन्छ। घुलनशील फाइबरले पानी अवशोषण गरी आन्द्राको चाल सहज बनाउँछ। जौ, सम्पूर्ण अन्न, नट र बीउ अघुलनशील फाइबरमा धनी हुन्छन्। फलफूल र तरकारीमा घुलनशील तथा अघुलनशील फाइबर दुवै प्रशस्त हुने भएकाले दैनिक आहारमा समावेश गर्नुपर्छ।

२. पर्याप्त पानी पिउने

कम पानी पिउनु कब्जियतको मुख्य कारणमध्ये एक हो। विज्ञहरूका अनुसार शरीर स्वस्थ राख्न दैनिक कम्तीमा ३–४ लिटर पानी पिउनु आवश्यक हुन्छ। पानीले शरीरलाई हाइड्रेटेड राख्नुका साथै अतिरिक्त सोडियम बाहिर निकालेर रक्तचाप नियन्त्रणमा पनि सहयोग गर्छ।

३. तनाव व्यवस्थापन गर्ने

तनावले पाचन प्रणालीमा प्रत्यक्ष नकारात्मक असर पार्छ। तनाव हार्मोनले खानाको पाचन प्रक्रियामा बाधा पुर्‍याउन सक्छ। अत्यधिक तनावले पेटको अल्सर, पखाला, कब्जियत तथा आईबीएस (इरिटेबल बाउल सिन्ड्रोम) जस्ता समस्या निम्त्याउने जोखिम बढाउँछ। त्यसैले तनाव नियन्त्रण गर्नु पाचन स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ।

४. स्वस्थ बोसो सेवन गर्ने

राम्रो पाचनका लागि शरीरलाई निश्चित मात्रामा स्वस्थ बोसो आवश्यक पर्छ। बोसोले खाना पछि पेट भरिएको अनुभूति गराउनुका साथै भिटामिन ए, डी, ई र के जस्ता पोषक तत्त्वको अवशोषणमा सहयोग गर्छ। ओमेगा–३ फ्याटी एसिडयुक्त खानेकुराले अल्सरेटिभ कोलाइटिस जस्ता आन्द्रासम्बन्धी रोग सुधार्न मद्दत गर्न सक्ने अध्ययनहरूले देखाएका छन्।

–एजेन्सीको सहयोगमा

सम्बन्धित खबर

Beyond the Baubles: Dissecting the Allure of Fat Santa…

Introduction: Why This Slot Matters to You For those of us who navigate the digital casino landscape with seasoned eyes, the…

Desvende os Segredos do LamaBet: Um Guia Essencial para…

Introdução: A Chave para Maximizar os Seus Ganhos Para o apostador experiente, a busca por novas plataformas e estratégias é constante.…

Německé online kasino bonus bez vkladu: Zlatý důl pro…

Úvod: Proč by si analytici měli všímat německých bonusů bez vkladu Pro odborníky v oblasti hazardního průmyslu je pochopení trendů a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *