• माघ १९, २०८२
  • No Comment
  • 11

खाना पकाउँदा हुने यी सामान्य गल्तीले स्वास्थ्यमा पर्न सक्छ असर

खानपान स्वस्थ रहनु अत्यन्तै आवश्यक हुन्छ । तर, दैनिक रूपमा भान्सामा गरिने साना–साना लापरबाहीका कारण तयार हुने खाना नै अस्वस्थ्यकर बन्न सक्छ । पोषणविद्हरूका अनुसार खाना पकाउने क्रममा गरिने केही सामान्य गल्तीले दीर्घकालीन रूपमा स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ । खाना पकाउँदा प्रायः गरिने यस्ता गल्ती र त्यसबाट बच्ने उपाय यस्ता छन् ।

१. तेल धेरै तताउने बानी
तरकारी वा अन्य परिकार पकाउँदा कतिपयले तेलबाट धुवाँ ननिस्केसम्म तताउने गर्छन् । यस्तो अवस्थामा तेलमा रहेका उपयोगी तत्व नष्ट हुनुका साथै हानिकारक पदार्थ बन्न सक्छन् । बारम्बार प्रयोग गरिएको तेल पुनः तताउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

के गर्ने ?
बाँकी रहेको तेल पुनः प्रयोग नगर्ने र कडा आगोमा तेल अत्यधिक नताताउने ।

२. काँचो र पाकेको मासु एउटै भाँडामा राख्ने
काँचो मासु वा माछा राखिएको प्लेटमै पकाइसकेको मासु राख्ने बानीले ब्याक्टेरिया सर्ने जोखिम बढाउँछ । हतार वा बेवास्ताका कारण यस्तो गल्ती हुने गरेको देखिन्छ ।

के गर्ने ?
काँचो मासु राखिएको प्लेट पुनः प्रयोग गर्नु अघि राम्ररी धोइपखाली गर्ने ।

३. खाना चिसिएपछि मात्र फ्रिजमा राख्ने
धेरैले खाना पूर्ण रूपमा चिसिएपछि मात्र फ्रिजमा राख्ने गर्छन् । तर, दुई घण्टाभन्दा बढी बाहिर राखिएको खानामा ब्याक्टेरिया बढ्ने सम्भावना हुन्छ ।

के गर्ने ?
खाना सामान्य रूपमा सेलाइसकेपछि, दुई घण्टाभित्रै फ्रिजमा राख्ने ।

४. ननस्टिक प्यान कडा आगोमा प्रयोग गर्ने
ननस्टिक प्यानलाई अत्यधिक आगोमा राख्दा त्यसको कोटिङबाट निस्कने परफ्लुओरोकार्बन धुवाँ स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यसले शरीरको विकासमा असर गर्नुका साथै कलेजोलाई पनि क्षति पुर्‍याउन सक्छ ।

के गर्ने ?
ननस्टिक भाँडा प्रयोग गर्दा निर्माता कम्पनीले दिएको निर्देशन पालना गर्ने ।

५. खानालाई अत्यधिक चलाउने
स्वाद बढाउने नाममा खानालाई बारम्बार चलाउने बानी पनि उचित होइन । विशेष गरी पकौडा, बेकिङ सामग्री वा आटाको घोल धेरै चलाउँदा ग्लूटेन बढी बन्न सक्छ, जसले पाचन प्रणालीमा समस्या ल्याउन सक्छ ।

के गर्ने ?
आवश्यकताभन्दा बढी नचलाउने र धिमा आगोमा पकाउने ।

ध्यान दिनुपर्ने थप कुराहरू
– खाना पकाउनु अघि राम्ररी हात धुने
– फलफूल, तरकारी र मासु सफा पानीले राम्ररी धोएर मात्र प्रयोग गर्ने
– कटिङ बोर्ड प्रयोग गर्नु अघि सफा गर्ने
– भाँडाकुँडा धोएपछि राम्रोसँग सुकाएर राख्ने
– पकाउँदै गर्दा बारम्बार हातले छोएर चाख्ने बानी नगर्ने

साना सावधानी अपनाउँदा खाना मात्र स्वादिलो नभई स्वास्थ्यकर पनि बन्ने विज्ञहरूको भनाइ छ ।

सम्बन्धित खबर

Vending machine: The Ultimate Overview

Slots have come to be a staple in the gaming industry, both in land-based online casinos and on the internet systems.…
चौकुने गाउँपालिकामा “हाम्रो चौकुने” स्थानीय पाठ्यक्रमको पहिलो मस्यौदामा छलफल सम्पन्न

चौकुने गाउँपालिकामा “हाम्रो चौकुने” स्थानीय पाठ्यक्रमको पहिलो मस्यौदामा छलफल…

चौकुने । चौकुने गाउँपालिकाको स्थानीय पाठ्यक्रम “हाम्रो चौकुने” को आधारमा कक्षा १ देखि ४ सम्मका लागि तयार गरिएको स्थानीय पाठ्यपुस्तक लेखनको…

Online Slot Machines Playing Slots Through the Internet A slot machine, also referred to as a fruit machine, slot, a mini…

Leave a Reply

Your email address will not be published. Required fields are marked *