• फाल्गुन ११, २०८१
  • No Comment
  • 4

माैसमी पुर्वानुमान : यी प्रदेशमा आज चट्याङसहितको वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ।

बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले बताएको छ। त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

सम्बन्धित खबर

जाजरकोटमा सुख्खा पहिरोमा परि ४ जना घाइते

जाजरकोटमा सुख्खा पहिरोमा परि ४ जना घाइते

जाजरकोटमा सुख्खा पहिरोमा परि ४ जना घाइते भएका छन । आइतबार विहान १० बजेको समयमा जाजरकोट नलगाड नगरपालिका वडा नम्बर -१०…
पाथीभरा केवलकार विवाद हुँदा झडपमा २४ घाइते, १५ जना पक्राउ

पाथीभरा केवलकार विवाद हुँदा झडपमा २४ घाइते, १५ जना…

ताप्लेजुङको फुङलिङमा शनिबार साँझ ‘नो केवलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा २४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर…
नवलपुरमा टिपर दुर्घटना, चालकको मृत्यु, ३ घाइते

नवलपुरमा टिपर दुर्घटना, चालकको मृत्यु, ३ घाइते

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–३ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पाल्पाबाट चुनढुंगा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *