• फाल्गुन ११, २०८१
  • No Comment
  • 92

नवलपुरमा टिपर दुर्घटना, चालकको मृत्यु, ३ घाइते

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–३ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पाल्पाबाट चुनढुंगा लिएर होङसी सिमेन्टतर्फ जाँदै गरेको  ना १ क ९१२९ नम्बरको टिपर दुर्घटनामा परेकाे हाे । मकवानपुर बागमती गाउँपालिका–६ का ३२ वर्षीय चालक नरबहादुर वाइबाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख यादव ढकालले जानकारी दिए।

टिपर दुर्घटनामा परी विनयी त्रिवेणीका २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार र वीरगञ्जका ३० वर्षीय ताज महमद हावारी घाइते भएका छन्। घटना सम्बन्धी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *