• फाल्गुन २६, २०८२
  • No Comment
  • 34

दैलेखमा १२ वर्षीया बालिका काकाबाट बलात्कृत 

दैलेख – दैलेखको एक गाउँमा १२ वर्षीया बालिका काकाबाट बलात्कृत भएकी छिन् । बलात्कृत बालिका गर्भवती भएको थाहा पाएपछि घटना बाहिर आएको हो । आरोपित काकालाई प्रहरीले पक्राउ गरी कानूनी प्रक्रिया थालेको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो । माघ १२ गते जोरजुलुम गरी बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार अनुसन्धानकै क्रममा भएका कारण केहि नखुलाएकाे जनाएकाे छ ।

मुलुकी अपराध सहिंता २०७४ को दफा २१९ को उपदफा ३ (ख) अनुसार दोषी ठहर भए १८ देखि २० वर्ष कैद र दफा २२० को उपदफा २ (ग) अनुसार हाडनाताको ३ देखि ६ वर्षसम्म थप कैद हुने कानूनी व्यवस्था छ । महिला र बालिका माथि हुने हिंसा विरुद्ध आवाज उठाउने अन्तरराष्ट्रिय महिला दिवसको सेरोफेरामा फागुन २३ गते सुर्खेतको गुर्भाकोट नपा-६ की १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले स्तव्ध बनाएकै समयमा दैलेखमा काकाबाट बलात्कृत १२ वर्षीया बालिका गर्भ समेत रहेको खुलेको हो ।

 

 

सम्बन्धित खबर

Play Whales Starzino bonus Pearl luxury On the web…

Posts Starzino bonus | Dolphin’s Pearl – Gamble On line Slot Paytable and you may Trick Icons inside the Dolphin’s Pearl…

Online game from Gladiators 888 Gaming slot games Slot…

Content Where you can Enjoy Gladiators Online – 888 Gaming slot games Gamble Gladiator 100percent free The favourite casinos to try…

Funky Fresh fruit Farm Slot Comment, RTP Sizzling Hot…

Articles Just what are a real income online slots games? – Sizzling Hot slots real money Insane Crazy Peppers Funky Good…

Leave a Reply

Your email address will not be published. Required fields are marked *