• फाल्गुन १४, २०८२
  • No Comment
  • 23

सुर्खेतमा चुनाव बिथोल्न सक्ने आशंकामा विभिन्न राजनीतिक दलमा आबद्ध ८ जना पक्राउ

सुर्खेत । चुनाव विरोधी गतिविधि गर्न सक्ने आशंकामा प्रहरीले विभिन्न जिल्लाका ८ जनालाई सुर्खेतबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अपराह्न करिब  २:२० बजे खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

 पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल बस्ने वर्ष ६६ का नारायण न्यौपाने रहेका छन्। उनी क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज रहेको बताइएको छ।

त्यसैगरी कालिकोट नरहरिनाथ गाउँपालिका–७ का वर्ष ३० का धिर दर्जी (डेबिट परियार) पनि नियन्त्रणमा परेका छन्। उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला सचिव रहेको  प्रहरीले जनाइएको छ।

कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–६ का वर्ष ४१ का कर्ण बहादुर बी.सी. पनि नियन्त्रणमा परेका छन्। उनी क्रान्तिकारी कम्युनिष्ट पार्टीका ब्युरो सदस्य रहेको बताइएको छ।

कैलाली धनगढी उपमहानगरपालिका–१२ का वर्ष ३८ का श्याम कुँवरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला सचिव रहेको जनाइएको छ।

यसैगरी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का वर्ष ४५ का राजु भन्ने राजकुमार पौडेल, जो नेकपा (बहुमत) का जिल्ला सचिव हुन्, पनि नियन्त्रणमा परेका छन्।

सुर्खेत भेरीगंगा नगरपालिका–१२ का वर्ष ५४ का रन्त बहादुर वलीलाई समेत नियन्त्रणमा लिइएको छ। उनी नेकपा (क्रान्तिकारी) सुर्खेत जिल्ला कमिटी सचिव रहेको प्रहरीले जनाएको छ।

त्यस्तै भेरीगंगा नगरपालिका–९ का वर्ष ६६ का पूर्ण तिरुवा पनि नियन्त्रणमा परेका छन्। उनी नेकपा (बहुमत) का वडा कमिटी सदस्य रहेको बताइएको छ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ का वर्ष ३८ का मान बहादुर मल्ललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनी कुनै पार्टीमा आवद्ध रहे/नरहेको विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि चुनाव विरोधी गतिविधिसम्बन्धी अनुसन्धान भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

Tagesordnungspunkt Slot Spiele 2026

Content Kann ich kostenfreie Glücksspiele via echten Obsiegen vortragen? Weshalb Sie in einen Echtgeld Casinos vortragen sollten Was welches terrestrische Wette…

Das goldene Rad drehen: Ihr Leitfaden für internationale Online-Casinos…

Willkommen im Club der Wissenden Servus, liebe Glücksritter! Als erfahrene Spieler wissen wir alle, dass die Wahl des richtigen Online-Casinos entscheidend…

Verbunden Blackjack im Casino zum besten geben 20+ Blackjack…

Content SPLIT: Paare teilen Welches ist und bleibt die eine abzweigung Hand beim Angeschlossen Blackjack? Softwareanwendungen von hervorragenden Spielestudios Durchspielen Diese…

Leave a Reply

Your email address will not be published. Required fields are marked *