• फाल्गुन ५, २०८२
  • No Comment
  • 66

वीरेन्द्रनगरमा सवारी ज्यान मुद्दामा फरार रहेका हस्ते सार्की पक्राउ

सुर्खेत । सवारी ज्यान सम्बन्धी मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २०८२ फागुन २ गते बिहान करिब १०:४० बजे वीरेन्द्रनगर नगरपालिका–६ स्थित मंगलगढीबाट बाङ्गेसिमलतर्फ जाँदै गरेको भे १ क १४१४ नम्बरको ट्रकले पैदलयात्री ३२ वर्षीय प्रकाश महतरालाई ठक्कर दिएको थियो। महतरा लम्की चुहा नगरपालिका–१०, कैलालीका स्थायी बासिन्दा हुन् भने हाल वीरेन्द्रनगर–६ मा बस्दै आएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो।

उक्त घटनामा संलग्न भई फरार रहेका ४९ वर्षीय हस्ते सार्कीलाई प्रहरीले खोजतलासका क्रममा २०८२ फागुन ४ गते दिउँसो करिब ४:०० बजे वीरेन्द्रनगर नगरपालिका–४ बाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सार्कीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सवारी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *