• फाल्गुन ५, २०८२
  • No Comment
  • 109

सुर्खेतमा प्रहरीद्वारा हवाई फायर गरी ब्राउनसुगरसहित एक जना पक्राउ

सुर्खेत ।  सुर्खेतमा हवाई फायर गरी ब्राउनसुगरसहित एक जनालाई प्रहरी टोलीले पक्राउ गरेको छ।

साेमबार राति करिब १०:०० बजे वीरेन्द्रनगर नगरपालिका–८ स्थित क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतलागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट संयुक्त प्रहरी टोली खटिएको थियो।

उक्त स्थानमा पुगेको टोलीले चिङ्गाड गाउँपालिका–४ बस्ने अन्दाजी ४७ वर्षीय ललित चन्दलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि हातपात तथा आक्रमण गरी लागूऔषधसहित भाग्ने प्रयास गरेका थिए।  साेही क्रममा प्रहरीले बल प्रयोगस्वरूप एक राउण्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले खानतलासी गर्दा चन्दको साथबाट शुद्ध ३६ ग्राम ७३० मिलिग्राम लागूऔषध (ब्राउनसुगर) बरामद गरेको जनाएको छ। उनलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरिएको तथा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *