• फाल्गुन ३, २०८२
  • No Comment
  • 64

वीरेन्द्रनगरमा अज्ञात पुरुष मृत अवस्थामा फेला

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित अलिवावा इन्टर प्राइजेज नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

आज बिहान ७:४५ बजे स्थानीयवासीले अन्दाजी ३०–३२ वर्ष उमेरका जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा रहेको जानकारी प्रहरीलाई गराएका थिए। सूचनापछि नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो।

त्यसपछि बिहान ९:४० बजे प्रहरी निरीक्षक दीपक मगराठीको कमाण्डमा एसओसीओ (घटनास्थल अनुसन्धान) टोलीसहित सात जनाको अर्को टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ।

मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

काठमाडौँ — अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल नेपाल भ्रमणमा आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी भुटान हुँदै ड्रुक एयरको उडानमार्फत…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *