वीरगन्ज । पर्सामा अवैध रूपमा सञ्चालन भइरहेको गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साको सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा छापा मारेको थियो। सो घरमा अवैध रूपमा कपडा भण्डारण गरी राखिएको गोप्य सूचनाका आधारमा छापा मारिएको सशस्त्र प्रहरीले जनाएको छ।
छापाका क्रममा अवैध रूपमा भण्डारण गरिएको करिब सात लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा बरामद गरिएको छ। कपडा बरामद गरेपछि तस्कर समूह आक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ।
तस्कर समूहले ढुंगामुढा प्रहार गर्दा सशस्त्र प्रहरीका तीन जना जवान घाइते भएका छन्। साथै आक्रमणका क्रममा सशस्त्र प्रहरीको एउटा वानटेन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घाइते सशस्त्र प्रहरीको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
Introduction: Why Instadebit Matters to the Canadian iGaming Market For industry analysts, understanding the nuances of payment methods in the iGaming…