• चैत्र २०, २०८१
  • No Comment
  • 156

आईपीएल क्रिकेटमा आज बेंगलुरु र गुजरात  भिड्दै

२० चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक रोमाञ्चक खेल हुँदैछ। रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटान्स आमनेसामने हुँदै छन्।

बेंगलुरुस्थित एम. चिन्नास्वामी रंगशालामा खेल बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ। बेंगलुरुको कप्तानी रजत पाटिदारले गर्नेछन् भने गुजरातको कप्तानी शुभमन गिलले सम्हाल्नेछन्।

  बेंगलुरु हालसम्म अपराजित ३ टिममध्ये एक हो। सुरुवाती दुई खेलमा जित हात पारिसकेको बेंगलुरु आज घरेलु मैदानमा लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई र दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो।

  गुजरात टाइटान्स पहिलो खेलमा पञ्जाब किङ्ससँग पराजित भएको थियो। तर, दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै लय समातेको छ। आज बेंगलुरुको अपराजित यात्रा रोक्दै दोस्रो जित निकाल्ने लक्ष्यमा गुजरात हुनेछ।

  हाल बेंगलुरु ४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने २ अंक रहेको गुजरात चौथो स्थानमा छ।

  हालसम्म बेंगलुरु र गुजरातबीच भएका खेलमा बेंगलुरुले ३ जित हात पारेको छ भने गुजरातले २ पटक जित निकालेको छ।

 

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *