• चैत्र २०, २०८१
  • No Comment
  • 173

आईपीएल क्रिकेटमा आज बेंगलुरु र गुजरात  भिड्दै

२० चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक रोमाञ्चक खेल हुँदैछ। रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटान्स आमनेसामने हुँदै छन्।

बेंगलुरुस्थित एम. चिन्नास्वामी रंगशालामा खेल बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ। बेंगलुरुको कप्तानी रजत पाटिदारले गर्नेछन् भने गुजरातको कप्तानी शुभमन गिलले सम्हाल्नेछन्।

  बेंगलुरु हालसम्म अपराजित ३ टिममध्ये एक हो। सुरुवाती दुई खेलमा जित हात पारिसकेको बेंगलुरु आज घरेलु मैदानमा लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई र दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो।

  गुजरात टाइटान्स पहिलो खेलमा पञ्जाब किङ्ससँग पराजित भएको थियो। तर, दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै लय समातेको छ। आज बेंगलुरुको अपराजित यात्रा रोक्दै दोस्रो जित निकाल्ने लक्ष्यमा गुजरात हुनेछ।

  हाल बेंगलुरु ४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने २ अंक रहेको गुजरात चौथो स्थानमा छ।

  हालसम्म बेंगलुरु र गुजरातबीच भएका खेलमा बेंगलुरुले ३ जित हात पारेको छ भने गुजरातले २ पटक जित निकालेको छ।

 

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *