• चैत्र २०, २०८१
  • No Comment
  • 82

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का विवेक खड्काको नेतृत्वमा पूरा प्यानल विजयी भएको छ।

सोमबार सम्पन्न मतदानमा खड्काले नेकपा एमालेनिकट अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गर्दै अध्यक्ष पदमा जित हात पारेका हुन्। सार्वजनिक नतिजाअनुसार खड्काले १ हजार १८७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शाहीले ९०७ मत पाए। अन्य प्रत्याशी प्रकाश विकले २७५ र मिलन बिसीले २३१ मत प्राप्त गरे।

कुल ४ हजार ३८३ मतदातामध्ये २,८६४ जनाले मतदान गरेका थिए। सचिवमा नेविसंघकै भूपेन्द्र आचार्य र कोषाध्यक्षमा लोकप्रसाद रिजाल निर्वाचित भएका छन्।

सदस्यतर्फ पनि नेविसंघकै विकासकुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतिक्षा थापा, विष्णुराज सिंह, प्रकाश सिंह विजयी भएका छन्।

मध्यपश्चिम विश्वविद्यालय स्थापनापछि भएको पहिलो स्ववियु निर्वाचनमा पनि नेविसंघकै झक्क शाही विजयी भएका थिए।

सम्बन्धित खबर

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *