• चैत्र २०, २०८१
  • No Comment
  • 145

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का विवेक खड्काको नेतृत्वमा पूरा प्यानल विजयी भएको छ।

सोमबार सम्पन्न मतदानमा खड्काले नेकपा एमालेनिकट अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गर्दै अध्यक्ष पदमा जित हात पारेका हुन्। सार्वजनिक नतिजाअनुसार खड्काले १ हजार १८७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शाहीले ९०७ मत पाए। अन्य प्रत्याशी प्रकाश विकले २७५ र मिलन बिसीले २३१ मत प्राप्त गरे।

कुल ४ हजार ३८३ मतदातामध्ये २,८६४ जनाले मतदान गरेका थिए। सचिवमा नेविसंघकै भूपेन्द्र आचार्य र कोषाध्यक्षमा लोकप्रसाद रिजाल निर्वाचित भएका छन्।

सदस्यतर्फ पनि नेविसंघकै विकासकुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतिक्षा थापा, विष्णुराज सिंह, प्रकाश सिंह विजयी भएका छन्।

मध्यपश्चिम विश्वविद्यालय स्थापनापछि भएको पहिलो स्ववियु निर्वाचनमा पनि नेविसंघकै झक्क शाही विजयी भएका थिए।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *