• फाल्गुन ११, २०८१
  • No Comment
  • 15

पाथीभरा केवलकार विवाद हुँदा झडपमा २४ घाइते, १५ जना पक्राउ

ताप्लेजुङको फुङलिङमा शनिबार साँझ ‘नो केवलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा २४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि धरानको घोपा अस्पतालमा पठाइएको आन्दोलनरत समूहका अगुवा किर्तिमान मादेनले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मी १२ जना घाइते भएका छन्, जसमध्ये एक जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ। आन्दोलनकारीतर्फ पनि १२ जना घाइते भएको प्रारम्भिक जानकारी रहेको छ। यद्यपि, केही व्यक्तिहरू जिल्ला बाहिर गएर पनि उपचार गराइरहेकाले यकिन तथ्यांक संकलन हुन नसकेको मादेनले बताएका छन्।

प्रहरीले हुलहुज्जत गरेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा आन्दोलनको नेतृत्व गरिरहेका नवीन पोमु लगायत अन्य रहेका छन्, तर प्रहरीले नाम सार्वजनिक गरेको छैन। आन्दोलनरत पक्षले घर तथा होटलमा छापा मारेर धरपकड गरिएको, कुटपिट गरिएको र तोडफोड भएको आरोप लगाएका छन्।

स्थिति नियन्त्रण गर्न प्रशासनले आइतबार बिहान ५ बजेदेखि फुङलिङ र पाथीभरा क्षेत्रका काफ्लेपाटी तथा बलुडाँडा क्षेत्रमा चारकिल्ला तोकी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *