• फाल्गुन ११, २०८१
  • No Comment
  • 93

पाथीभरा केवलकार विवाद हुँदा झडपमा २४ घाइते, १५ जना पक्राउ

ताप्लेजुङको फुङलिङमा शनिबार साँझ ‘नो केवलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा २४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि धरानको घोपा अस्पतालमा पठाइएको आन्दोलनरत समूहका अगुवा किर्तिमान मादेनले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मी १२ जना घाइते भएका छन्, जसमध्ये एक जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ। आन्दोलनकारीतर्फ पनि १२ जना घाइते भएको प्रारम्भिक जानकारी रहेको छ। यद्यपि, केही व्यक्तिहरू जिल्ला बाहिर गएर पनि उपचार गराइरहेकाले यकिन तथ्यांक संकलन हुन नसकेको मादेनले बताएका छन्।

प्रहरीले हुलहुज्जत गरेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा आन्दोलनको नेतृत्व गरिरहेका नवीन पोमु लगायत अन्य रहेका छन्, तर प्रहरीले नाम सार्वजनिक गरेको छैन। आन्दोलनरत पक्षले घर तथा होटलमा छापा मारेर धरपकड गरिएको, कुटपिट गरिएको र तोडफोड भएको आरोप लगाएका छन्।

स्थिति नियन्त्रण गर्न प्रशासनले आइतबार बिहान ५ बजेदेखि फुङलिङ र पाथीभरा क्षेत्रका काफ्लेपाटी तथा बलुडाँडा क्षेत्रमा चारकिल्ला तोकी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *