• माघ २७, २०८१
  • No Comment
  • 76

आजकाे माैसम: कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भु-भागमा हल्का हिमपातकाे सम्भावना

 हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ, जसले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली राखेको छ। अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ, भने तराईका केही स्थानमा हल्का हुस्सु र कुहिरो लागेको छ।

आज दिउसो  तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने माैसम पुर्वानुमान महाशाखा विभागले जनाएकाे छ।

राति पनि यही मौसमको सिलसिला जारी रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार  कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र बिहानीपछिको समयमै तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित खबर

बराहताल गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

बराहताल गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट, कृषि र पूर्वाधार…

सुर्खेत  सुर्खेतको बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६३ करोड ७ लाख ४८ हजार ९९९ रुपैयाँको बजेट सार्वजनिक गरेको…
सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

चौकुने ।“दिगो र तिव्र बिकास चौकुनेको रहर ,गुणस्तरीय शिक्षा र ब्यवसायिक कृषिमा लहर ” भन्ने मुल नाराका साथ खडक बिवस वासपानेको…
मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ शरीर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ…

काठमाडौँ – तौल घटाउनको लागि, भोकै नबस्नु, सही कुरा खानु महत्त्वपूर्ण छ। तपाईं डाइटिङ र व्यायाम गरेपछि पनि इच्छित परिणाम नपाएकोमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *