आजकाे माैसम: कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भु-भागमा हल्का हिमपातकाे सम्भावना

 हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ, जसले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली राखेको छ। अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ, भने तराईका केही स्थानमा हल्का हुस्सु र कुहिरो लागेको छ।

आज दिउसो  तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने माैसम पुर्वानुमान महाशाखा विभागले जनाएकाे छ।

राति पनि यही मौसमको सिलसिला जारी रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार  कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र बिहानीपछिको समयमै तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *