• माघ २७, २०८१
  • No Comment
  • 83

ग्लेन फिलिप्सको शतक र विष्फोटक ब्याटिङमा न्युजिल्यान्डको ७८ रनको जित

न्युजिल्यान्डले पाकिस्तानसँगको पहिलो एक दिवसीय खेलमा ७८ रनको जित हात पारेको छ। लाहोरमा शनिबार भएको दिवा रात्रि खेलमा न्युजिल्यान्डले ३३० रनको लक्ष्य दिएको थियो, जुन पाकिस्तानले ४७.५ ओभरमा समूर्ण विकेट गुमाउँदै २५२ रनमा सीमित गर्‍यो।

पाकिस्तानका लागि फाकर जमानले ६९ बलमा ८४ रनको योगदान दिए, जसले पाकिस्तानलाई राम्रो शुरुवात दिलायो। सल्मान आगाले ४० रन जोडे। न्युजिल्यान्डका म्याट हेन्रीले ९.५ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए, जबकि माइकल सान्टनर र माइकल ब्रेसवेलले समान १० ओभर खेल्दै क्रमशः ३ र २ विकेट लिए।

यस अघि, टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३३० रनको योगफल खडा गरेको थियो। ग्लेन फिलिप्सले ७४ बलमा १०६ रन बनाए, जसमा ६ चौका र ७ छक्का समावेश थिए। उनले ४० औं ओभरमा विष्फोटक ब्याटिङ गर्दै आफ्नो पहिलो एक दिवसीय शतक पूरा गरे। न्युजिल्यान्डले अन्तिम ६ ओभरमा ९८ रन जोडे।

डारियल माइकलले पनि ८४ बलमा ८१ रन जोडे। उनले २ चौका र ४ छक्का प्रहार गरे। फिलिप्सले एक विकेट पनि लिए र “प्लेयर अफ द म्याच” घोषित भए।

यस जितसँगै न्युजिल्यान्डले पाकिस्तानलाई ७८ रनले पराजित गर्दै शानदार सफलता प्राप्त गरेको छ।

सम्बन्धित खबर

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ भए मात्र विकास र समृद्धिको लक्ष्य हासिल…
सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य…
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *