• भदौ २७, २०८१
  • No Comment
  • 256

देशका अधिकांश क्षेत्रमा भारि वर्षा, कर्णाली राजमार्ग पहिरोले फेरी अवरुद्ध

यतिबेला देशका विभिन्न ठाउँमा ठुलो पानी परेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ ।
हाल देशका पहाडी भूभागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पहाडी भुभागमा पछिल्लो ६ घण्टा यता वर्षा भईरहेको र बाँकि भु भागहरुमा अझै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

थप वर्षा हुन सक्ने सम्भावना रहेकोले बाँकि क्षेत्रका पनि खोलाहरुमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

लगातारको वर्षाले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । हिजो बेलुकीदेखिको वर्षाले कालीकोटको गगनेखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको कालीकोट प्रहरीले छ।यसैबीच आज बेलुकादेखि पर्सि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने भएकाले केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले त्यसैअनुसारको आवश्यक सतर्कता र सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ । महाशाखाले पानी पर्दा हुनसक्ने बाढी, पहिरो, डुवान तथा गेग्रान बहावको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा बढ्न सक्ने पानीको सतहलाई ख्याल गरी सावधानी अपनाउन भनेको छ ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *