• अशोज ८, २०८१
  • No Comment
  • 161

भारत जाँदै गरेको यात्रुसवार बस नवलपुरमा दुर्घटना हुँदा २३ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर)को त्रिवेणी – १ स्थित विनयी खोला नजिक यात्रुसवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

आज बिहान काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिएको हो ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बसमा करिब ४५ जना यात्रु रहेकामा २३ जना घाइते छन् ।

घाइतेहरुको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *