• भदौ ९, २०८१
  • No Comment
  • 328

राष्ट्रिय मानवअधिकार आयोग कर्णालीका प्रमुख थापालाई स्वागत

सुर्खेत। हालसालै कर्णाली प्रदेश कार्यालय, सुर्खेतमा सरुवा भई आएका राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश प्रमुख रमेशकुमार थापालाई रोयम नेपाल र युवा मानवअधिकार रक्षक सञ्जाल सुर्खेतले विशेष स्वागत तथा परिचयात्मक कार्यक्रम  गरेका छन्।

रोयम नेपालका कर्णाली प्रदेश परियोजना संयोजक सन्तोष विकको समन्वयमा आयोजित कार्यक्रममा युवा मानवअधिकार रक्षक सञ्जाल, सुर्खेतका कार्यसमिति सदस्यहरूको उपस्थितिमा प्रमुख थापासँग मानवअधिकार सम्बन्धी विभिन्न विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रमको क्रममा रोयम नेपालले मानवअधिकार प्रवर्द्धनका क्षेत्रमा विगतमा गरेका र चाल्दै आएका कदमहरूको जानकारी गराउँदै, आगामी दिनमा राष्ट्रिय मानवअधिकार आयोगसँग सहकार्य, समन्वय, र समर्थनमा बल पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रमुख थापाले आफ्नो कार्यकालमा मानवअधिकार संरक्षणका विभिन्न योजना र कार्यक्रममा आवश्यक सहकार्यको प्रतिबद्धता जनाउँदै, आफ्नो १९ वर्षे कार्य अनुभव युवा मानवअधिकारकर्मीहरूसँग साझा गरेका छ्न् । थापाको अनुभवले युवाहरूमा थप हौसला र प्रेरणा मिलेको रोयम नेपालका प्रदेश संयोजक सन्तोष विकले जानकारी दिए ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा युवा मानवअधिकार रक्षक सञ्जाल, सुर्खेतका उपाध्यक्ष पर्वत परिवार, खगेन्द्र मल्ल, सचिव ललिता ओड, सम्झना सुनार लगायतको उपस्थिति रहेको थियो। भेटघाटले आगामी दिनमा मानवअधिकारका मुद्दामा सशक्त समन्वयको आधार स्थापित गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

भेरीगंगा–१ का वडा अध्यक्ष पुलामीको घर मध्यरातमा अपरिचित समूहद्वारा घेराउ 

भेरीगंगा–१ का वडा अध्यक्ष पुलामीको घर मध्यरातमा अपरिचित समूहद्वारा…

दुर्गा खड्का, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष दिनेश पुलामीको घरमा मध्यरातमा अपरिचित समूहले घेराउ गरेको आरोप लागेको छ।…
चौकुने गाउँपालिकामा सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत केयर प्रोफाइल निर्माण सम्बन्धी परामर्श बैठक सम्पन्न

चौकुने गाउँपालिकामा सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत केयर…

सुर्खेत। चौकुने गाउँपालिकाको समन्वयमा, युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहयोगमा, सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको सहकार्य तथा किडाक नेपालको आयोजनामा…
सुर्खेतमा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर एक युवकको मृत्यु

सुर्खेतमा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर एक युवकको…

सुर्खेत, ४ असार (२०८३) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्राखोलामा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *