• भदौ ९, २०८१
  • No Comment
  • 234

राष्ट्रिय मानवअधिकार आयोग कर्णालीका प्रमुख थापालाई स्वागत

सुर्खेत। हालसालै कर्णाली प्रदेश कार्यालय, सुर्खेतमा सरुवा भई आएका राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश प्रमुख रमेशकुमार थापालाई रोयम नेपाल र युवा मानवअधिकार रक्षक सञ्जाल सुर्खेतले विशेष स्वागत तथा परिचयात्मक कार्यक्रम  गरेका छन्।

रोयम नेपालका कर्णाली प्रदेश परियोजना संयोजक सन्तोष विकको समन्वयमा आयोजित कार्यक्रममा युवा मानवअधिकार रक्षक सञ्जाल, सुर्खेतका कार्यसमिति सदस्यहरूको उपस्थितिमा प्रमुख थापासँग मानवअधिकार सम्बन्धी विभिन्न विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रमको क्रममा रोयम नेपालले मानवअधिकार प्रवर्द्धनका क्षेत्रमा विगतमा गरेका र चाल्दै आएका कदमहरूको जानकारी गराउँदै, आगामी दिनमा राष्ट्रिय मानवअधिकार आयोगसँग सहकार्य, समन्वय, र समर्थनमा बल पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रमुख थापाले आफ्नो कार्यकालमा मानवअधिकार संरक्षणका विभिन्न योजना र कार्यक्रममा आवश्यक सहकार्यको प्रतिबद्धता जनाउँदै, आफ्नो १९ वर्षे कार्य अनुभव युवा मानवअधिकारकर्मीहरूसँग साझा गरेका छ्न् । थापाको अनुभवले युवाहरूमा थप हौसला र प्रेरणा मिलेको रोयम नेपालका प्रदेश संयोजक सन्तोष विकले जानकारी दिए ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा युवा मानवअधिकार रक्षक सञ्जाल, सुर्खेतका उपाध्यक्ष पर्वत परिवार, खगेन्द्र मल्ल, सचिव ललिता ओड, सम्झना सुनार लगायतको उपस्थिति रहेको थियो। भेटघाटले आगामी दिनमा मानवअधिकारका मुद्दामा सशक्त समन्वयको आधार स्थापित गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

आसामविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जित्यो

आसामविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जित्यो

भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी–२० सिरिज नेपाल ‘ए’ले ३–२ ले जितेको छ। सोमबार भएको पाचौं तथा निर्णायक खेलमा नेपालले आसामलाई…
सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ भए मात्र विकास र समृद्धिको लक्ष्य हासिल…
सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य…

Leave a Reply

Your email address will not be published. Required fields are marked *