
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको गोलीकाण्डपछि गोलबजार र लहान क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। ठाउँ–ठाउँमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।
गोली लागेर एक बालकको मृत्यु भएपछि थप अप्रिय घटना हुन नदिन गोलबजारको पूर्वी सीमा गागन खोलादेखि पश्चिमी सीमा चोहर्वासम्म सेना र प्रहरी परिचालन गरिएको हो। बजार क्षेत्रका सबै सहायक सडकमा सुरक्षा निकाय तैनाथ गरी प्रवेशमा रोक लगाइएको छ।



