
रतुवामाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार शुक्रबार दिउँसो प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले १ हजार ३३ किलो गाँजा बरामद गरेको हो।
कार्यालयका प्रमु्ख प्रहरी उपरीक्षक कवित कटवालले उर्लाबारी नगरपालिकातर्फबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनि ट्रक चेकजाँचका क्रममा सो परिमाणको गाँजा बरामद भएको जानकारी दिए।
उनका अनुसार गाजाँसहित ट्रकका चालक धनकुटास्थित पाख्रीवास नगरपालिका हिलेका २८ वर्षीय उमेश तामाङलाई नियन्त्रणमा लिइएको छ।
दिउँसो अढाइ बजे शंका लागेर मिनि ट्रक रोकेर जाँच गर्दा ट्रकभित्र कालो प्लाष्टिकमा ३१ वटा पोका बनाएर भुसमुनी लुकाएर राखिएको अवस्थामा गाँजा भेटिएको हो। प्रहरीले नियन्त्रणमा रहेका तामाङ, मिनि ट्रकसहित गाजाँ इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको जनाएको छ।



