
देवानगञ्ज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझ्न अस्वीकार गरेका छन् । सरकारसँग औपचारिक सहमति भइसकेपछि पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोली काण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न परिवार र आफन्तले अस्वीकार गरेका हुन ।
गए राती गृहमन्त्री सुधन गुरुङसँग भएको सहमतिमा आज शव बुझ्ने सहमति भएको थियो । सहमतिपछि पनि परिवारले शव नबुझेपछि मृतकको अन्तेष्टी अन्योलमा परेको छ । स्थानीयको विरोध र असन्तुष्टीपछि शव बुझ्न विराटनगर आएका परिवारका सदस्य गाउँ फिर्ता भएका छन ।



