
कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा दुखद घटना घटेको छ। विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा बीएचएम तहको प्रवेश परीक्षा दिन पुगेका बेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीले भवनको छतबाट हाम फालेका छन्।
शनिबार बिहान साढे ९ बजेतिर भएको सो घटनापछि गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो।
त्यहाँबाट थप उपचारका लागि धनगढी रिफर गरिएका कार्कीको उपचारकै क्रममा दिउँसो १२ बजेतिर माया मेट्रो अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार मृतक कार्की मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए र नियमित औषधि सेवन गर्दै आएका थिए। हाल यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।



