सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम सेवा संचालन

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको शाखा कार्यालयको भवनबाटै एटीएम सेवा सञ्चालनमा ल्याईएको हो। एक कार्यक्रमका बिच चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस् वासपाने र वडा न ८ का वडा अध्यक्ष कमल जि सीले रिबन काटेर एटीएमको उद्घाटन गर्नुभएको थियो। चौकुने गाउँ पालिका बासीहरूले एटीएमबाट छिटो र छरितो रूपमा सेवा सुबिधा लिन पाउने भन्दै शाखा प्रबन्धक तथा बैँकका सम्पूर्ण कर्मचारीलाई पालिका अध्यक्ष खडक बिवसले बधाई समेत दिनुभयो।

अहिलेको आईटिको जमानामा सेवा सुबिधा सुलभ रूपमा ग्राहकहरूलाई उपलब्ध गराउन र लामो लाईनमा बस्नु पर्ने झन्झट बाट मुक्ति दिनका लागि लक्ष्मी सनराईज बैँकले चौकुनेमा एटीएम सञ्चालनमा ल्याईएको बैँकका शाखा प्रबन्धक बिक्रम डाँगीले बताउनुभयो

  • । साथै चौकुने गाउँपालिका वडा न ८ मा रहेको एटीएमबाट भिसा कार्ड, मास्टर कार्ड लगाएतका कार्डहरूमात्रै प्रयोग गर्न मिल्ने बताउनुभयो।

    शाखा प्रबन्धक बिक्रम डाँगीले ग्राहकहरूको बैँकप्रतिको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि छिटो छरितो रूपमा एटीएम कार्ड उपलब्ध गराउने र बैँकले समयानुकूल बिभिन्न नयाँ नयाँ सेवाहरू समेत प्रवाह गर्दै ग्राहकहरूलाई चुस्त दुरूस्त सेवा दिन लक्ष्मी सनराईज बैँक सधै प्रतिबद्ध रहेको बताउनुभयो।

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *