निष्कासित नेपालीलाई लिएर आयो अमेरिकी जहाज

काठमाडौं : अमेरिकाबाट निष्कासनमा परेका नेपालीहरूको जम्बो टोली नेपाल आइपुगेको छ। उनीहरू अमेरिकाको चार्टर्ड विमानबाट आइतबार साँझ काठमाडौं आइपुगेका हुन्।

ओम्नी एयरलायन्सको ‘ओवाई३१४६’ उडानबाट उनीहरूलाई बंगलादेशको ढाका हुँदै नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ। उक्त विमानमा ३७ जना नेपाली रहेको स्रोतको भनाइ छ।

नेपाल फर्काइनेमा ३२ जना पुरुष र ५ जना महिला छन्। उनीहरू विभिन्न समयमा अवैध तरिकाले अमेरिका प्रवेश गरेका थिए। ‘विभिन्न समयमा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका नेपालीहरूलाई नेपाल फर्काइएको हो,’ स्रोतले अन्नपूर्णसँग भने।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन्। निष्कासित परेका नेपालीहरू दिनहुँजसो काठमाडौं आउने गरेका छन्। त्यसो त अमेरिकाले नै चार्टर्ड विमानमार्फत यसअघि पनि नेपालीहरूलाई फर्काएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *