• जेष्ठ २६, २०८२
  • No Comment
  • 14

पानीजहाज विधेयक–२०८१ राष्ट्रियसभाबाट पारित हुँदै !

 काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्दैछ, जसमा “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” पारित गर्ने तयारी गरिएको छ। संसद् सचिवालयका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधेयकमा छलफल गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रस्तुत गरिने सो विधेयक नेपालको जल यातायात विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत ल्याइएको मानिन्छ। आजैको बैठकमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि अगाडि बढाइनेछ।

त्यसैगरी, बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “जलस्रोत विधेयक, २०८१” का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ।

यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “भन्सार विधेयक, २०८०” माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्।

नयाँ विधेयकहरूमाथि छलफल र निर्णय हुँदै गर्दा आजको बैठक महत्वपूर्ण हुने देखिएको छ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *