• माघ २२, २०८१
  • No Comment
  • 141

नेकपा एमाले चौकुने गाउँपालिकाको चौथो पूर्ण बैठक गुटुमा सम्पन्न

नेकपा एमाले चौकुने गाउँपालिकाको चौथो पूर्ण बैठक पालिका कमिटिका अध्यक्ष क.शंकर बहादुर कामिको अध्यक्षतामा र केन्द्रीय कमिटिका सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज क.नवराज रावतको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।

साेमबार ( हिजाे) नेकपा एमाले चौकुने गाउँ कमिटीको आयोजनामा भएको चौथो बैठक सम्पन्न भएको नेकपा एमाले चौकुने गाउँ कमिटीका अध्यक्ष क.शंकर बहादुर कामिले जानकारी दिनुभयो । सो बैठकमा केन्द्र र जिल्लाको निर्देशन अनुसार तिन महिने अभियान सफल पार्ने निर्णय गरेको छ । साथै बैठकले कमिटिको आगामी योजना पालिका स्तरीय प्रशिक्षण,जनसंगठनका भेला बैठक लगायतका बिषयमा महत्वपूर्ण निर्णय गरेको छ ।

नेकपा एमाले चौकुने गाउँपालिका कमिटीको चौथो पुर्ण बैठकबाट संगठन बिभाग प्रमुखमा क. लछिराम आले, स्कुल बिभाग प्रमुखमा क. केशर नाम्जाली, आर्थिक बिभाग प्रमुखमा क. कमला बि.क, उपप्रमुखमा क. नन्दु खनाल, जनसंगठन बिभाग प्रमुखमा क. अमरबहादुर बिसि, प्रचार बिभाग प्रमुखमा जीवन तिरुवा, उपप्रमुखमा चक्रबहादुर चलाउने मनोनयन हुनुभएको छ ।

बैठकमा पार्टीका कर्णाली प्रदेश सचिवालय सदस्य क.इन्द्र बहादुर केसी, प्रदेश कमिटि सदस्य तथा चौकुनेका नेकपा एमाले पार्टी इन्चार्ज क.हरि प्रसाद खनाल, जिल्ला अध्यक्ष क.कुलमणि देबकोटा, उपाध्यक्ष मोहनसिंह बडुवाल,सचिवालय सदस्य तुल बहादुर सहकारी, गोपाल बि.सी, निर्मला राना, जिल्ला कमिटि सदस्य काशिराम देबकोटा,खडक थापा, जिल्ला सल्लाहकार सदस्य रामलाल बयक, शिबराज धमला, बल बहादुर थापा, हरिचन्द्र थापा, बालाराम धमला, नर बहादुर बुढा लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *