• माघ २२, २०८१
  • No Comment
  • 163

नेकपा एमाले चौकुने गाउँपालिकाको चौथो पूर्ण बैठक गुटुमा सम्पन्न

नेकपा एमाले चौकुने गाउँपालिकाको चौथो पूर्ण बैठक पालिका कमिटिका अध्यक्ष क.शंकर बहादुर कामिको अध्यक्षतामा र केन्द्रीय कमिटिका सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज क.नवराज रावतको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।

साेमबार ( हिजाे) नेकपा एमाले चौकुने गाउँ कमिटीको आयोजनामा भएको चौथो बैठक सम्पन्न भएको नेकपा एमाले चौकुने गाउँ कमिटीका अध्यक्ष क.शंकर बहादुर कामिले जानकारी दिनुभयो । सो बैठकमा केन्द्र र जिल्लाको निर्देशन अनुसार तिन महिने अभियान सफल पार्ने निर्णय गरेको छ । साथै बैठकले कमिटिको आगामी योजना पालिका स्तरीय प्रशिक्षण,जनसंगठनका भेला बैठक लगायतका बिषयमा महत्वपूर्ण निर्णय गरेको छ ।

नेकपा एमाले चौकुने गाउँपालिका कमिटीको चौथो पुर्ण बैठकबाट संगठन बिभाग प्रमुखमा क. लछिराम आले, स्कुल बिभाग प्रमुखमा क. केशर नाम्जाली, आर्थिक बिभाग प्रमुखमा क. कमला बि.क, उपप्रमुखमा क. नन्दु खनाल, जनसंगठन बिभाग प्रमुखमा क. अमरबहादुर बिसि, प्रचार बिभाग प्रमुखमा जीवन तिरुवा, उपप्रमुखमा चक्रबहादुर चलाउने मनोनयन हुनुभएको छ ।

बैठकमा पार्टीका कर्णाली प्रदेश सचिवालय सदस्य क.इन्द्र बहादुर केसी, प्रदेश कमिटि सदस्य तथा चौकुनेका नेकपा एमाले पार्टी इन्चार्ज क.हरि प्रसाद खनाल, जिल्ला अध्यक्ष क.कुलमणि देबकोटा, उपाध्यक्ष मोहनसिंह बडुवाल,सचिवालय सदस्य तुल बहादुर सहकारी, गोपाल बि.सी, निर्मला राना, जिल्ला कमिटि सदस्य काशिराम देबकोटा,खडक थापा, जिल्ला सल्लाहकार सदस्य रामलाल बयक, शिबराज धमला, बल बहादुर थापा, हरिचन्द्र थापा, बालाराम धमला, नर बहादुर बुढा लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *