• साउन २, २०८२
  • No Comment
  • 125

हतियार, लागुऔषध र वन्यजन्तुको अङ्गसहित वीरेन्द्रनगरबाट दुई पक्राउ

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागुऔषध, पेस्तोल, धारिलो हतियार र संरक्षित वन्यजन्तुको सिङसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले गएराति करिब साढे ९ बजे वीरेन्द्रनगर नगरपालिका-६, कालिन्चोकस्थित राधाकृष्ण मन्दिर नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर निवासी २३ वर्षीय विद्धान शाही र  एक २२ वर्षीय युवक रहेका छन् । प्रहरी स्रोतका अनुसार, पक्राउ परेका दोस्रो युवकले आफ्नो परिचय पटक-पटक फेरबदल गरी बताएकाले उनको वास्तविक पहिचान खुल्न सकेको छैन । प्रारम्भिक सोधपुछमा उनले आफ्नो नाम आदित्य घिमिरे बताए पनि प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ ।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध, एक थान पेस्तोल, सो मा लाग्ने १२ राउण्ड गोली, एक थान खुकुरी र दुर्लभ वन्यजन्तु जरायोको सिङ बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले पक्राउ परेका व्यक्तिहरूले ती सामग्री कहाँबाट र के प्रयोजनका लागि ल्याएका हुन् भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । “अनुसन्धान जारी रहेकाले तत्काल थप विवरण सार्वजनिक गर्न मिल्दैन,” उनले भने ।
घटना बारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *