काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवान रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई विमानस्थलको भन्सार एरियाबाट शंका लागि जाँच गर्दा उनको लगेजबाट ६ किलो गाँजा बरामद गरिएको हो।
उनी थाई एअरको उडानमार्फत काठमाडौँ आएकी थिइन्। बरामद गरिएको गाँजासहित उनलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरमा बुझाइएको छ।