• चैत्र २६, २०८१
  • No Comment
  • 153

हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए 

सुर्खेत — डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो ध्रुव संरक्षण संस्थाले गरेको अध्ययनमा हुम्लाको नाम्खा गाउँपालिकामा ३९ वटा हिउँ चितुवा रहेको पत्ता लागेको छ। दुर्लभ मानिने हिउँ चितुवाको यो तथ्याङ्क ‘क्यामेरा ट्र्यापिङ’ प्रविधिबाट संकलन गरिएको हो।

सन् २०२२ देखि २०२३ सम्म सञ्चालन गरिएको उक्त अध्ययनका क्रममा ६१ वटा क्यामेरा जडान गरी गरिएको अनुगमनबाट ३९ वटा हिउँ चितुवा कैद गरिएको हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले जानकारी दिए।

अध्ययनका क्रममा हुम्ला सदरमुकाम सिमिकोटबाट पाँच दिन पैदल हिँडेर लिमी क्षेत्र हुँदै, घोडा र खच्चरको सहायताले आवश्यक सामग्री बोकेर चितुवा पाइने स्थानमा पुगिएको थियो।

सहायक वन अधिकृत बाबुलाल बम्जनका अनुसार, यो तथ्याङ्क नाम्खा गाउँपालिकाभित्रको मात्रै हो। “सरकारले सन् २०२४ देखि २०३० सम्म हिउँ चितुवा गणना तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ,” उनले भने।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँ चितुवाको गणनाको काम सम्पन्न भइसकेको जानकारी दिँदै संरक्षणका लागि स्थानीय सरकारले पनि विशेष कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताए।

यसअघि माथिल्लो डोल्पामा पनि हिउँ चितुवा पाइएकाले हुम्लामा समेत पाइने अनुमान गरिएको थियो। नाम्खा गाउँपालिका चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको क्षेत्र हो, जसको कुल क्षेत्रफल करिब २,४१९.६४ वर्ग किलोमिटर रहेको छ।

सरकार र सरोकारवाला निकायले यस्ता दुर्लभ वन्यजन्तुहरूको संरक्षणमा प्राथमिकता दिँदा जैविक विविधता तथा वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *