• कार्तिक १२, २०८१
  • No Comment
  • 159

प्रहरी जवान रेवन पचभैयाले गरे हिरासत मै आत्महत्या

दाङको भालुवाङमा बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले हिरासतमै आत्महत्या गरेका छन ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कारको आरोपमा पक्राउ थिए । मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीको हिरासत कक्षको शौचालयमा आत्महत्या गरेका हुन् ।

प्यूठानको बडडाँडा घर भएका उनी सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत थिए ।

आरोपित पचभैयासहित अर्का एक जनालाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो । उनीहरूविरुद्ध दाङ-देउखुरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको थियो । यही क्रममा पचभैयाले आत्महत्या गरेका छन ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *