
मेष : दिनको सुरुवाती समयमा केही अलमल वा मानसिक चिन्ता रहन सक्छ। चन्द्रमा बाह्रौँ भावमा रहने भएकाले अनावश्यक खर्च बढ्ने र काममा केही ढिलाइ हुने योग छ। तर, साँझपछि चन्द्रमा तपाईंको आफ्नै राशिमा प्रवेश गर्ने हुनाले अचानक उत्साह र ऊर्जा बढ्नेछ। रोकिएका कामहरू बन्न थाल्नेछन् र मानसिक तनाव कम हुनेछ।
वृष : दिनभरिको समय निकै फलदायी रहनेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् र पुराना लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। साथीभाइ र दाजुभाइको सहयोगले ठूला योजनाहरू अगाडि बढाउन सहज हुनेछ। साँझपछि भने खर्चको मात्रा अलि बढ्न सक्छ र स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला।
मिथुन : कार्यक्षेत्र र व्यापार व्यवसायका लागि आजको दिन निकै उत्तम छ। तपाईंको कार्यक्षमताको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर मिल्न सक्छ। समाजमा मान(सम्मान र प्रतिष्ठा बढ्नेछ। साँझपछि आम्दानीका मार्गहरू अझ प्रशस्त हुनेछन् र लामो समयदेखि रोकिएको धन हात पर्न सक्छ।
कर्कट : धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ। भाग्यले साथ दिने हुनाले थोरै मिहिनेत गर्दा पनि ठूलो सफलता मिल्न सक्छ। वैदेशिक क्षेत्र वा दूरदराजको यात्रासँग सम्बन्धित कामहरूमा रहेका बाधाहरू हट्नेछन्। साँझपछि कार्यक्षेत्रमा थप सकारात्मक परिवर्तन आउनेछ र नयाँ व्यावसायिक सम्झौता हुन सक्छ।
सिंह : दिनको पूर्वार्धमा केही चुनौती र स्वास्थ्यसम्बन्धी समस्याको सामना गर्नुपर्न सक्छ। वादविवाद र जोखिमपूर्ण कामबाट टाढै रहनुहोला। साँझपछि भने समय पूर्ण रूपमा तपाईंको पक्षमा आउनेछ। बिग्रिएका कामहरू सुध्रिनेछन्, भाग्यले साथ दिनेछ र रोकिएका योजनाहरूले गति लिनेछन्।
कन्या : दाम्पत्य जीवन र प्रेम सम्बन्धका लागि आजको दिन सुखद रहनेछ। व्यापारिक साझेदारीबाट राम्रो लाभ मिल्नेछ र नयाँ सम्झौताका लागि समय अनुकूल छ। विपरीत लिङ्गी साथीको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। साँझपछि भने स्वास्थ्यमा केही मन्दी आउन सक्ने वा सोचेभन्दा बढी मिहिनेत गर्नुपर्ने अवस्था आउन सक्छ।
तुला : शत्रु र प्रतिस्पर्धीहरूमाथि तपाईंको जित हुनेछ। पुराना रोग वा स्वास्थ्य समस्याहरूबाट मुक्ति मिल्नेछ। मुद्दामामिला वा न्यायालयसँग सम्बन्धित काममा सफलता पाइनेछ। ऋण मोचनको प्रयास सफल हुन सक्छ। साँझपछि वैवाहिक वा पारिवारिक जीवनमा थप मधुरता आउनेछ र खुसीको वातावरण बन्नेछ।
वृश्चिक : बौद्धिक, साहित्यिक र रचनात्मक कार्यका लागि आजको दिन उत्कृष्ट छ। अध्ययन अध्यापनमा लागेकाहरूले राम्रो नतिजा हासिल गर्नेछन्। सन्तान वा शिक्षाको क्षेत्रबाट खुसीको खबर सुन्न पाइनेछ। प्रेम सम्बन्धमा निकटता आउनेछ। साँझपछि भने कार्यक्षेत्रमा केही प्रतिस्पर्धा वा चुनौतीको
सामना गर्नुपर्ने हुन सक्छ।
धनु : पारिवारिक वातावरणमा केही असन्तुष्टि वा विवाद देखिन सक्छ। घरजग्गा वा सवारी साधनको कारोबार गर्दा विशेष सावधानी अपनाउनुहोला। मानसिक अशान्ति बढ्न सक्ने भएकाले निर्णय हतारमा नगर्नुहोला। साँझपछि भने बौद्धिक क्षमताको विकास हुनेछ, मन शान्त बन्नेछ र सन्तान सुख मिल्नेछ।
मकर : पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ। छोटो दुरीको फलदायी यात्राको योग छ। दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्ध सुमधुर रहनेछ र उनीहरूबाट सहयोग पनि मिल्नेछ। उद्योग वा सञ्चार क्षेत्रमा राम्रो फाइदा हुनेछ। साँझपछि भने पारिवारिक मामिलामा केही समय दिनुपर्ने हुन सक्छ।
कुम्भ : आर्थिक दृष्टिकोणले आजको दिन निकै बलियो छ। बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन् र धन सञ्चय गर्ने अवसर मिल्नेछ। परिवारमा कुनै माङ्गलिक कार्यको योजना बन्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। साँझपछि नयाँ कार्यको थालनी गर्ने साहस र उत्साह प्राप्त हुनेछ।
मीन : बेलुकासम्म चन्द्रमा तपाईंको आफ्नै राशिमा रहने भएकाले शारीरिक र मानसिक रूपमा ऊर्जावान् महसुस गर्नुहुनेछ। नयाँ वस्त्र वा उपहार प्राप्ति हुन सक्छ। मान(सम्मानमा वृद्धि हुनेछ। आज राति पञ्चक समाप्त हुने भएकाले रोकिएका शुभ कार्यहरू अगाडि बढाउन बाटो खुल्नेछ। बेलुकापछि आर्थिक लाभ र धन आगमनको योग बन्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।



