• अशोज १४, २०८१
  • No Comment
  • 32

आज जुम्लामा सार्वजनिक बिदा

आज जुम्लामा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रदेशकै धार्मिकस्थल रहेको चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो तान्ने दिन भएकाले प्रदेश सरकारले जुम्लामा मात्र एक दिन सार्वजनिक बिदा दिएको हो ।

चन्दननाथ मन्दिरको लिङ्गो तान्ने दिनका अवसरमा कर्णाली प्रदेश सरकारले जुम्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले विज्ञप्तिमार्फत् असोज १४ गते चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला (असोज कृष्ण त्रयोदशी) का अवसरमा बिदा दिने जनाएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने गरिन्छ । यो मन्दिरमा बर्सेनि पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो खडा गर्ने चलन परापूर्व कालदेखि चलिआएको चन्दननाथ नगरपालिकाका स्थानीयले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *