• फाल्गुन १, २०८१
  • No Comment
  • 40

रुपन्देहीमा हसिया प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ

रुपन्देहीको कञ्चन गाउँपालिकामा हसिया प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । कञ्चन गाउँपालिका १ स्थित सुन्दर टोलका २० वर्षीय सरोज परियार बिहीबार पक्राउ परेका हुन् ।

उनले ४५ वर्षीय आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय सालझुण्डीले जनाएको छ । कान्छा छोरा सरोजले आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। घरमा मृतक पार्वती र उनका कान्छा छोरा मात्रै बस्दै आएका थिए ।

मृतक परियारका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् । प्रहरीले हत्याको कारणले अझै खुल्न नसकेको जनाएको छ । घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…
युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *