• फाल्गुन १, २०८१
  • No Comment
  • 135

रुपन्देहीमा हसिया प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ

रुपन्देहीको कञ्चन गाउँपालिकामा हसिया प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । कञ्चन गाउँपालिका १ स्थित सुन्दर टोलका २० वर्षीय सरोज परियार बिहीबार पक्राउ परेका हुन् ।

उनले ४५ वर्षीय आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय सालझुण्डीले जनाएको छ । कान्छा छोरा सरोजले आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। घरमा मृतक पार्वती र उनका कान्छा छोरा मात्रै बस्दै आएका थिए ।

मृतक परियारका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् । प्रहरीले हत्याको कारणले अझै खुल्न नसकेको जनाएको छ । घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *