- अशोज १८, २०८१
- No Comment
- 78
सिन्धुलीमा माइक्रो बस दुर्घटना हुदा १५ जना घाईते

सिन्धुली हुँदै पूर्व मोरङतर्फ जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बरको बस सिन्धुलीको कमलामाई नगरपालिका ८ सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएका सिन्धुली प्रहरीले जानकारी दिएको छ ।
घाइते १५जनामध्ये तीन जना गम्भिर घाईते भएका छन् । घाइतेहरूलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ । माइक्रो बसमा १९ जना सवार भएको र उनिहरुमध्ये चारजना सकुशल भएको प्रहरीले बताएको छ । उनीहरूलाई अर्को बसमा गन्तव्यतर्फ पठाइएको छ ।