प्रयोगको नियम तथा शर्त

संयुक्त अधिराज्य भित्र र अन्तर्राष्ट्रिय रुपमा laikakhabar.com को एक्सेस र प्रयोगको सेवा लाईका खबरले उपलब्ध गराउँदछ ।(यो वेबसाइटका प्रयोगकर्ताहरूले केहि निश्चित पेजहरूमा विज्ञापन पनि देख्‍न सक्छन् जुन लाईका खबरको व्यापारिक शाखाले निम्न शर्तहरूमा उपलब्ध गराएको हो :

१. laikaKhabar.com को प्रयोग गरेर तपाईं यि शर्तहरू पालना गर्न मञ्जुर हुनुहुन्छ, जुन तपाईंले पहिलो पल्ट laikaKhabar.com प्रयोग गर्ने वित्तिकै तत्काल लागु भएको हुन्छ । यदि तपाईं तल उल्लेखित शर्तहरू पालना गर्न तयार हुनुहुन्न भने कृपया laikaKhabar.com एक्सेस गर्ने, प्रयोग गर्ने वा आफ्ना कुराहरू पठाउने कार्य नगर्नुहोस्।

२. लाईका खबरले यि नीतिनियम तथा शर्तहरू बेला बेलामा परिवर्तन गर्ने गर्दछ त्यसैले तपाईंले नियमित रूपमा यि शर्तहरू हेरिरहनुपर्दछ । तपाईंले laikaKhabar.com प्रयोग गरिरहनु भएको छ भने त्यसलाई थप गरिएका वा सुधारिएका शर्तहरूलाई पनि तपाईंले स्वीकार गरेको भन्ने बुझिनेछ । यदि परिवर्तन गरिएका कुराहरूमा तपाईंको सहमति छैन भने कृपया यो वेबसाइट प्रयोग नगर्नुहोस् ।
३. यदि यहाँ उल्लेखित नियम तथा शर्तहरू laikaKhabar.com मा अन्यत्रका नियमहरूसंग बाझिएको देखिएमा पछिल्लो शर्तहरू मान्य हुनेछन् ।

नियम तथा शर्तहरू जारी :

laikaKhabar.com को प्रयोग

३. तपाईं laikaKhabar.com को प्रयोग
कानूनसम्मत प्रयोग मात्र गर्न, र यो वेबसाइट प्रयोग गर्ने अरूहरूको अधिकारलाई उलंघन गर्ने वा रोक्ने कुनै कार्य नगर्न स्वीकार गर्नुहुन्छ ।

अश्लील अथवा अपमानजनक सामग्रीहरु पठाएर अथवा laikaKhabar.com मा सामान्य बहसको प्रकृयामा अवरोध खडा गरेर अन्य व्यक्तिलाई मर्का वा अप्ठ्यारोमा पर्ने खालका गतिविधि पर्दछन् ।

बौद्धिक सम्पत्ति

४.laikaKhabar.com मा रहेका सबै सामग्रीहरूको (सबै एप्लीकेशनहरू सहित) सम्पूर्ण कपीराइट, ट्रेडमार्क,डिजाइनको अधिकार, पेटेन्ट र अन्य बौद्धिक सम्पत्तिमाथिको अधिकार (दर्ता गरिएको वा नगरिएको) लाईका खबरमा वा यस्बाट लाइसेन्सप्राप्तहरूमा निहित रहने छ, (जस्मा अन्य प्रयोगकर्ताहरू पनि रहनेछन्)।

तपाईंले आफ्नो व्यक्तिगत वा गैरव्यापारिक प्रयोजनमा बाहेक laikaKhabar.com को सामग्रीलाई नक्कल गर्ने, फेरि प्रकाशित गर्ने, ट्क्राउने, भत्काउने, उल्टोबाट फेरि जोडेर नक्कल गर्ने, डाउनलोड गर्ने, पोष्ट गर्ने, प्रसारण गर्ने, सार्वजनिक रूपमा उपलब्ध गराउने वा अन्य कार्य गर्ने पाउनुहुने छैन ।

तपाई laikaKhabar.com को कुनै पनि सामग्रीलाई आफ्नो व्यक्तिगत, गैर व्यवसायिक प्रयोग बाहेक आफ्नै भाषा शैलीमा प्रयोग गर्ने, फेरबदल गर्ने वा अन्य खाले संस्करण निकाल्ने छैन भन्नेमा पनि सहमत हुनुहुन्छ भनी बुझिनेछ ।

५. LAIKA KHABAR वा अन्य तेस्रो पक्ष र तिनको उत्पादन तथा सेवालाई चिनाउने नाउं, चित्र र लोगोहरू तिनका कपीराइट, डिजाइन राइट र ट्रेडमार्कहरू हुन् । यि नियमहरूमा उल्लेखित कुनै पनि कुराले त्यस्ता सर्वाधिकारका विषयहरू प्रयोग गर्ने अनुमति दिदैँन ।

लाईका खबर वेबसाइटमा योगदान वा सहभागीता

६. आफ्नो सामग्रीहरू लाईका खबरसंग आदानप्रदान गरेर ( कुनै टेक्स्ट, फोटो, तस्वीर, चित्र, भिडियो वा अडियो) तपाईंले लाईका खबरलाई ति सामग्रीहरू लाईका खबरले चाहे जसरी नि:शुल्क प्रयोग गर्न अनुमति दिनुहुन्छ । विशेष अवस्थामा लाईका खबरले तपाईंको सामग्री अर्को विश्वासिलो तेस्रो पक्षलाई पनि प्रयोग गर्न दिनसक्छ ।

७. तपाईंले पठाएको सामग्रीको कपीराइट तपाईंसंग नै हुनेछ र लाईका खबरलाई दिइएको प्रयोगको अनुमति लाईका खबर एक्लैको प्रयोगको लागि मात्र हुने छैन, त्यसैले तपाईंले आफ्नो सामग्रीको प्रयोग आफ्नो मनखुशी गर्न पाउनुहुन्छ ।

८. लाईका खबरले तपाईंको सामग्रीको प्रयोग गर्नका लागि, तपाई आफूले पठाएको सामग्री तपाईंको आफ्नो मौलिक रचना हो, त्यो कसैका लागि अपमानजनक छैन र त्यसले कुनै पनि कानून उलंघन गर्दैन, यो सामग्री लाईका खबरलाई प्रयोग गर्न दिने अधिकार तपाईंसंग छ र तपाईंको सामग्रीमा चिनिने व्यक्तिको अनुमति तपाईंसंग छ र यदि त्यस्तो व्यक्ति १६ बर्ष भन्दा कम उमेरको छ भने उस्का अभिभावकको अनुमति तपाईंसंग छ, भनेर पुष्टि गर्नुहुन्छ ।

९. तपाईंले पठाउनुभएको सामग्री सामान्यतया: तपाईंको नाम सहित प्रकाशित गर्छौँ । तपाईंले नाम सार्वजनिक नगर्नु भनेका बेला त्यसलाई प्रकाशित गरिदैँन तर व्यवहारिक कारणले संधैभरी त्यसो गर्न सम्भव नहुन सक्छ । लाईका खबरले तपाईंलाई प्रशासनिक अथवा तपाईंको सामग्रीलाई पुष्टि गर्ने सन्दर्भमा सम्पर्क गर्न सक्छ ।

लाईका खबरलाई पठाउन चाहेको सामग्री जुटाउनका लागि कृपया आफू वा अरूलाई जोखिममा पार्ने र अनावश्यक जोखिम मोल्ने वा कानून उल्लंघन गर्ने नगर्नुहोला ।

माथि उल्लेखित शर्तहरूका अनुसार तपाईं लाईका खबरलाई अनुमति दिन चाहनुहुन्न भने कृपया laikaKhabar.com मा आफ्नो सामग्री नपठाउनु होला र पोष्ट पनि नगर्नुहोला । समाचारसँग सम्बन्धित सामग्रीहरूको हकमा, त्यस्ता सामग्रीहरू हामी लाईका खबरका साझेदारहरूसंग पनि आदानप्रदान गर्न सक्छौं ।

१२. लाईका खबरमा आफ्नो सामग्रीहरू पठाउने सम्बन्धमा तपाईंका मनमा केहि प्रश्नहरू भएमा तपाई आवश्यक परेको बेला लाईका खबरलाई सम्पर्क गर्न सक्नुहुनुने छ ।

१३. केहि laikaKhabar.com समुदायहरूमा भाग लिन र आफ्नो सामग्रीहरू पठाउन तपाईंले laikaKhabar.com मा दर्ता भएको हुनुपर्छ । त्यस्तो दर्ता प्रकृयाका क्रममा laikaKhabar.com लाई दिइएको कुनै पनि व्यक्तिगत जानकारीहरूलाई लाईका खबरको गोपनीयता सम्बन्धि नीति अनुसार संकलन, भण्डारण र प्रयोग हुनेछ ।

१४. तपाईं laikaKhabar.com को समुदायहरूको प्रयोग (मेसेज बोर्डहरू सहित) त्यस्ता समुदाय तल उल्लेखित नियमहरू अन्तरगत रहेर गर्न मञ्जुर हुनुहुन्छ । सो नियमहरू laikaKhabar.com समुदायका सबै सेवा र उत्पादनहरूमा लागु हुनेछ । कृपया तपाईंले प्रयोग गर्ने साइटमा उल्लेखित नियमहरूलाई पनि ध्यान दिनुहोला:

तपाईंले पठाउने सन्देश सभ्य र सबैलाई सुहाउने खाले हुनुपर्छ

विगार्ने नास्ने, अपमानजनक र दुर्व्यवहार हुने कार्यहरु गर्न हुंदैन: तपाईंले पठाउने सन्देशहरू सृजनात्मक र नम्र, दुष्ट्याईंपूर्ण नभएको र समस्या खडा गर्ने नियतबश नगरिएको हुनुपर्छ ।

गैरकानूनी वा अपमानजनक सामग्री पठाउन हुंदैन: गैरकानूनी, अरूलाई हैरानी दिने, गाली गलौज, दुर्व्यवहारपूर्ण, धम्काउने, हानीकारक, अश्लील, फोहर गाली, यौनगत, जातीय रूपमा अस्वीकार्य अथवा अरू हिसाबले पनि स्वीकार गर्न नसकिने सामग्रीहरू ग्राह्य हुने छैनन् ।

धैर्य राख्‍नुहोस्: किनकी सम्बन्धित laikaKhabar.com समुदायमा सबै उमेरका र सबै खाले क्षमता भएकाहरूले भाग लिइरहेका हुनसक्छन्।

स्प्याम वा विषय भन्दा बाहिरका सामग्रीहरू नपठाउने: एउटा सामग्रीलाई धेरै पल्ट पठाउने वा उस्तै सामग्रीलाई बारम्बार पोष्ट गरेर स्प्याम गर्ने कार्यलाई हामी अनुमति दिँदैँनौं । एक भन्दा बढी छलफलमा आफ्ना सामग्रीहरू दोहोर्याएर नपठाउनु होला । विषयगत क्षेत्रहरूमा विषय बाहिरका सामग्रीहरू पनि पठौन पाईनेछैन ।

गोप्यता खोल्नु हुँदैदैन: संयुक्त अधिराज्यको टेलिभिजनमा प्रसारण नभैसकेका कार्यक्रमहरूको नतिजा वा कथानक वा विषयबस्तु भएका समाग्रीहरूलाई निश्चित क्षेत्रमा बाहेक अन्यत्र पोष्ट गरिएको छ भने हटाइने छ।

अंग्रेजी बाहेक अन्य भाषामा पठाइएका सामग्रीहरूलाई हटाइनेछ: कुनै साइटको आफ्नै सम्बन्धित क्षेत्रमा प्रयोग गर्न अनुमति दिइएकोमा बाहेक।

अंग्रेजी बाहेक अन्य भाषामा पठाइएका सामग्रीहरूलाई हटाइनेछ: कुनै साइटको आफ्नै सम्बन्धित क्षेत्रमा प्रयोग गर्न अनुमति दिइएकोमा बाहेक।

नक्कली परिचय दिएर सहभागी हुन पाईंदैन

अनुचित (उदाहरणका लागि अश्लील, अपमानकारी) युजर नेमहरूको प्रयोग गर्न पाईंदैन।

साइटको नियमले दिएको खण्डमा मात्रै अन्य वेबसाइटहरूको ठेगाना, युआरएल हरू पोष्ट गर्न पाइनेछ।

गुनासो गर्न पाइने सुविधाको जानाजान दुरूपयोग गर्न पाईंदैन। यदि तपाईंले त्यसो गर्न जारी नै राख्‍नुभयो भने तपाईंको एकाउन्टमाथि कार्वाही गर्न सकिनेछ।
तपाईंको लाईका खबर एकाउन्ट

हामी तपाईंलाई आफ्नो वा अरू कसैको व्यक्तिगत जानकारी (उदाहरणका लागि: फोन नम्बर, घरको ठेगाना, इमेल ठेगाना वा अरू त्यस्तो जानकारी जस्ले तपाईंको परिचय खुलाउन सक्छ) कुनै पनि लाईका खबर समुदायमा सार्वजनिक नगर्न सल्लाह दिन्छौं।
कानूनी आवश्यकता

तपाईंले कसैको बेइज्जती हुने अथवा गैरकानूनी कुनै पनि सामग्रीहरू laikaKhabar.com को समुदायमा पठाउनु हुंदैन। त्यस्ता सामग्रीमा टेक्स्ट, तस्वीर, भिडियो, प्रोग्राम वा अडियो पर्दछन्।

कुनै गैरकानूनी काम गर्ने वा त्यस्लाई फैलाउने नियतले laikaKhabar.com को समुदायमा सामग्रीहरू पठाउन बन्देज छ।

तपाईं आफ्नो मौलिक रचनाहरू मात्र laikaKhabar.com मा पठाउन वा यस मार्फत अरूसंग साटासाट गर्न मञ्जुर हुनुहुन्छ। तपाईंले लाईका खबर वा अन्य तेस्रो पक्षको कपीराइट, ट्रेडमार्क, व्यापारिक गोप्यता, गोपनीयता, प्रचारप्रसार, व्यक्तिगत वा व्यवसायिक अधिकारहरूलाई उलंघन गर्ने, नक्कल गर्ने वा मिच्ने गर्नुहुंदैन।
यदि तपाईं १६ बर्ष भन्दा कम उमेरको हुनुहुन्छ भने

laikaKhabar.com को कुनै पनि समुदायमा सहभागी हुनुभन्दा पहिले आफ्नो अभिभावकको अनुमति लिनुहोला।

त्यस्तो कार्वाहीमा तपाईंले पठाउने सामग्री प्रकाशित गर्नु अघि जांच गरिने देखि लिएर तपाईंलाई समुदायहरूमा सहभागी हुन अस्थायी रूपमा रोक्नेसम्मका पर्दछन्।

यदि तपाईंले laikaKhabar.com को समुदाय वा अन्यत्र कतै आपत्तिजनक वा अनुचित सामग्रीहरू पठाउनुभयो भने अथवा laikaKhabar.com मा अरुलाई बाधा पुर्याउने गतिविधि गर्नुभयो भने र लाईका खबरले त्यस्तो व्यवहार गम्भीर प्रकृतिको भएको र बारम्बार भैरहेको ठान्यो भने लाईका खबरले आफूसंग उललब्ध तपाईंका बारेको जानकारीहरूको प्रयोग गरेर फेरि त्यस्ता गतिविधिहरू गर्न बाट रोक्ने प्रयास गर्नेछ। त्यस्तो कदममा सम्बन्धित तेस्रो पक्ष अर्थात तपाईंको रोजगारदाता, स्कूल वा इमेल सेवा प्रदायकलाई त्यस्तो गतिविधिका बारे जानकारी गराउने पनि हुनसक्छ।

कुनै पनि लाईका खबर एकाउन्ट विरुद्ध कुनै पनि समयमा, कुनै पनि कारणमा कार्वाही गर्ने अधिकार लाईका खबरसंग छ।

दायित्वको सिमितता र जिम्मेवारीका बारे स्पष्टोक्ती

laikaKhabar.com को समुदायमा पठाइने धेरै जसो सामग्रीहरु सर्वसाधारणले तयार पारेका हुन्छन्। त्यसमा व्यक्त विचार उनीहरुकै हो र विशेष रुपमा उल्लेख गरिएकामा बाहेक लाईका खबर वा लाईका खबर विश्व सेवाको होइन।

laikaKhabar.com मा सर्वसाधारणले पठाउने सामग्री वा तेस्रो पक्षको वेबसाइटको सामग्री वा त्यसको उपलब्धता का बारे लाईका खबरको कुनै जिम्मेवारी छैन । लाईका खबरको वेबसाइटबाट तेस्रो पक्षको वेबसाइटमा जान राखिएको लिंकबाट त्यस्तो वेबसाइटलाई लाईका खबरले प्रवर्धन गरेको ठानिने छैन ।

laikaKhabar.com को सामग्री, लाईका खबर सम्बन्धित जानकारी नाम तस्वीर चित्र लोगो र आइकनहरु त्यसका उत्पादन तथा सेवाहरु जे जस्तो अवस्थामा छन् त्यही अवस्थामा उपयोगका लागि उपलब्ध गराइएका हुन् ।

कानूनी दायराले दिएसम्म लाईका खबरले सबै खाले प्रतिनिधित्व र वारेन्टीहरु लगायतका, सन्तोषजनक गुणस्तर, विशेष कामको उपयोगीता, सुरक्षा र सत्यता लगायतका कुराहरूमा लाईका खबरले जिम्मेवारी लिंदैन ।

वेबसाइटहरूको सामग्रीको समय सापेक्षता, पूर्णता अथवा कार्यका बारेमा कुनै पनि ग्यारेन्टी दिईदैँन। लाईका खबरले प्रदान गर्ने सबै सामग्रीहरू प्रकाशनका बेला सहि हुन् भनेर हामी भरमग्दुर प्रयास गर्छौं । तर कुनै सामग्रीमा भूल, छुटपुट वा गल्ती भएमा लाईका खबर वा लाईका खबरको तर्फबाट कुनै जिम्मेवारी स्वीकार गरिने छैन।

लाईका खबरको प्रमाणीत लापरवाहीका कारण कसैको ज्यान गएको छ वा व्यक्तिगत चोटपटक लागेको छ भने यो शर्तमा भएको कुनै पनि बुंदाले त्यसको जिम्मेवारीलाई सिमित तुल्याउने वा उन्मुक्ति दिंदैन। अघिल्लो वाक्यको आधारमा, लाईका खबर वा लाईका खबर डबल्यूलाई तल उल्लेखित कुनै पनि क्षति वा नोक्सानीका लागि जिम्मेवार ठहर्याउन पाइने छैन:

क) डेटाको क्षति, ख) आम्दानी वा अपेक्षित नाफाको नोक्शानी, ग) व्यापारको क्षति, घ) अवसरको नोक्शानी, ङ) नाममा नोक्शानी वा प्रतिष्ठामा आघात, च) तेस्रो पक्षले बेहोर्नुपरेको नोक्शानी, अथवा छ) कुनै अप्रत्यक्ष, भवितव्य, अथवा laikaKhabar.com को विशेष प्रयोगबाट हुने क्षति

लाईका खबर र लाईका खबर डबल्यू ले laikaKhabar.com मा उपलब्ध हुने सामग्रीहरु निर्वाध अथवा गल्ती रहित हुनेछन् ,खराबीहरूलाई सच्चाइने, अथवा laikaKhabar.com वा त्यो उपलब्ध गराउने सर्भर भाइरस र अन्य खोटहरुबाट मुक्त हुनेछन् भन्ने बारेमा कुनै वारेन्टी दिने छैन।

डेटाहरु हाल्ने र झिक्ने कामको सटिकताका लागि तपाईंको विशेष आवश्यकता पूर्ति गर्नका लागि पर्याप्त प्रकृया पुर्याउनु र भारइस परिक्षण गर्नु तपाईंको दायित्व हो भन्ने कुरा तपाईं स्वीकार गर्नुहुन्छ।
साधारण

यदि यि नियम तथा शर्तहरू गैरकानुनी, अवैध वा अन्य कुनै कानूनी कारणले लागू हुन नसक्ने ठहर भएमा, त्यसरी नसकिने हदसम्मका बुंदाहरू यि शर्तहरूबाट हटाइनेछन् तर बांकी शर्त तथा नियमहरू जीवीतै रहनेछन् र ति बाध्यकारी रूपमा लागू हुनेछन्।

यदि यि नियम तथा शर्तहरूमा उल्लेखित अधिकारहरू लागू गर्न वा पालना गराउन लाईका खबर तत्काल असमर्थ भएमा वा ढिलो भएमा त्यसको अर्थ त्यस्तो नियम लागू गर्ने उस्को अधिकार समाप्त भएको भने मानिने छैन।

यि नियम तथा शर्तहरू इंगल्याण्ड र वेल्सको कानून अनुसार अर्थ्याइने वा लागू गरिने छन्, कुनै पनि विवाद उत्पन्न भएमा ति कानूनहरूको मान्यता सबैभन्दा माथि रहने छ।

ब्रीटिश ब्रोडकाष्टिंग कर्पोरेशन © 2002-2007

ब्रोडकाष्टिंग हाउस, पोर्टल्याण्ड प्लेस, लण्डन W1A 1AA
विजेटहरू

लाईका खबरको इम्बेड गर्ने मिल्ने एप्लीकेशन (लाईका खबर विश्व सेवाको विजेट) इन्स्टल गरेर र लाईका खबर विश्व सेवाको सामग्रीहरू प्रदर्शन गर्नका लागि त्यसको प्रयोग गरेर तपाईंले तल लेखिएका शर्तहरू स्वीकार गर्नुभएको ठानिनेछ।
विजेट प्रयोगका नियम तथा शर्तहरू
वारेन्टी र दायित्व

लाईका खबर विश्व सेवाको विजेट र लाईका खबर विश्व सेवाको सामग्रीहरू जे जस्तो अवस्थामा छ त्यहि स्थितीमा उपलब्ध गराइएको छ। र तपाईंले त्यसलाई आफ्नै इच्छा र जोखिममा डाउनलोड गर्ने र इन्स्टल गर्ने गर्नुभएको हो।

लाईका खबर विश्व सेवाको विजेट र लाईका खबर विश्व सेवाको सामग्रीमा हुनै गतल तथ्य, गल्ती, भाइरस वा अन्य खोटहरू नहोस् भन्नाका लागि लाईका खबरले उपयुक्त मात्रामा ध्यान दिएको छ तर त्यसमा कुनै कमजोरी नै हुंदैनन् भनेर लाईका खबरले वारेन्टी दिंदैन।

कानूनी दायराले भ्याएसम्म लाईका खबर विश्व सेवा विजेट, लाईका खबर विश्व सेवाको सामग्री वा लाईका खबरको वेबसाइटका सम्बन्धमा लाईका खबरले कुनै पनि प्रकारको वारेन्टी दिंदैन। र लाईका खबर विश्व सेवाको विजेट र लाईका खबर विश्व सेवाको सामग्रीका कारण कुनै नोक्शानी वा क्षति पुगेमा लाईका खबर त्यसका लागि जिम्मेवार हुनेछैन।

तपाईंको कम्प्युटरमा भाइरस सर्न नदिन सबै खाले सतर्कता अपनाउनका लागि हामी तपाईंलाई सुझाव दिन्छौं।

लाईका खबरले आफ्नो तजबीजमा लाईका खबर विश्व सेवाका सामग्रीहरू परिवर्तन गर्न वा हटाउन सक्छ र यि प्रयोगका शर्तहरूको उलंघन भएमा लाईका खबर प्रयोगमा रोक समेत लगाउन सक्छ ।

प्रयोगकर्ताले मान्नुपर्ने यि नियम तथा शर्तहरूको अर्थ इंगल्याण्डका कानून अनुसार लगाइने छ ।

अथवा, प्रयोगका नियम तथा शर्तहरूबारे तपाईंका खास जिज्ञासा छन् भने कृपया nepali.letters@laikaKhabar.com मा इमेल गर्नुहोला।

मोरङबाट फरार भएका दस जना प्रतिबादि प्रकाउ

दुई स्काभेटरसहित चिनियाँ नागरिक प्रहरिले मोरङबाट १० जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । अदालतबाट कैद र जरिवाना ठहर भएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला

Read More »

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, अपाङ्गतामैत्री छैनन् दलकै कार्यालय

मङ्सिर १७ गते । आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । राज्यलाई जिम्मेवार बनाउनेले पनि अपाङ्गता भएका व्यक्तिको अधिकार होइन सहज पहुँचको व्यवस्था गर्न सकेका छैनन् ।

Read More »

आज यी प्रदेशमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले शनिबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । र बाँकी भू-भागमा मौसम

Read More »

चिसो मौसममा देखापर्ने स्वास्थ्य समस्या र बच्ने उपाय

देशभरका अधिकांश स्थानमा मौसममा आएको बदलीसँगै चिसो बढेको छ । चिसो बढेसँगै पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने र तराईमा पनि बिहान र बेलुकाको समयमा

Read More »

नौ हजार भूकम्पपिडितका लागि २२ कराेड राहत निकासा

भूकम्पपिडितको अस्थायी आवास निर्माणका लागि छनाैट भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको

Read More »

डडेलधुरामा पुग्दा आयो देउवालाइ ओलीको फोन

डडेलधुरा पुगेका बेला आफूले देउवालाई फोन गरेको ओलीले बताउनु भएकाे छ । आफ्नो सचिवालयले गुडविल कलका रूपमा भिडियो बनाएपछि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको पनि

Read More »