गुर्भाकोट ४ नम्बर वडा कार्यालयद्वारा माबी सहारे लाई ३१ वटा पंखा हस्तान्तरण

गुर्भाकोट नगरपालिका ४ नम्बर वडा कार्यालयले जनसेवा माबि (९ -१२ ) सहारेलाई पंखा हस्तान्तरण गरेको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ४ को आर्थिक बर्ष २०८०/०८१ को लागि बिनियोजन गरिएको बजेट बाट विद्यालयको लागी ३१ वटा पंखा वितरण गरिएको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर डाँगीले जानकारी दिनु भयो हाल बिद्यालयमा प्रधानाध्यापकको […]
साउथ एशियन स्कालर्स एकेडेमी कर्णाली प्रदेश उत्कृष्ट शैक्षिक संस्था – २०८० ले सम्मानित

साउथ एशियन स्कालर्स एकेडेमीलाई कर्णाली प्रदेशको उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०” ले सम्मानित गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर-३ स्थित साउथ एशियन स्कालर्स एकेडेमीलाई चन्द्रलोक प्रतिष्ठानले गुणस्तरीय शिक्षामा कर्णाली प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको बताउँदै “उत्कृष्ट शैक्षिक संस्था सम्मान- २०८०” ले सम्मानित गरेको हो । चन्द्रलोक प्रतिष्ठानद्वारा काठमाडौमा आयोजित शैक्षिक संस्थामा देखिएका समस्या र […]
सिपसहितको “शिक्षा सहयात्री” डिभिआइटी एकेडेमी अब राजधानी वीरेन्द्रनगरमा

दैलेख, कोहोल्पुर हुँदै डिभिआइटी एकेडेमीले प्रादेशिक राजधानी वीरेन्द्रनगरमा आफ्नो तेस्रो शाखाको उद्घाटन गरेको छ । आज शनिवार वीरेन्द्रनगर-८ खजुरा, सिमलचोक स्थित विस्तार गरेको डिभिआइटी एकेडेमीको तेस्रो शाखाको उद्घाट्न गरेको हो । “संस्कार सहितको सिप र शिक्षा आजको आवस्यकता” नारासहित डिभिआइटी एकेडेमीको उद्घाटन कर्णाली प्रदेशसभा सांसद तथा उद्घाटन समाहरोहका प्रमुख अतिथि पूर्णबहादुर खत्रीले गरेका थिए । […]
शिक्षा कार्यालय सुर्खेतमा विद्यालय कर्मचारीको धर्ना

सुर्खेत । नेपाल विद्यालय कर्मचारी परिषद् सुर्खेतले विगत ६ दिनदेखि सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतमा धर्ना दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) को सेवा सुविधामा विभेद गरेको भन्दै गत २१ जेठदेखि शुक्रवार अन्तिम दिन समन्वय एकाइमा नेपाल विद्यालय कर्मचारी परिषद् सुर्खेतले धर्ना दिएको हो […]
गुर्भाकोटमा असल अभिभावकको भूमिका बारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बडाखोली युनाइटेड पब्लिक स्कुलको आयोजनामा गुर्भाकोट नगरपालिकामा असल अभिभावकको भूमिका बारे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जेस्ठ ४ गते गुर्भाकोट नगरपालिकाको सिटि हलमा संचालन भएको थियो। कार्यक्रमका मुख्य प्रशिक्षक मोटिभेसनल स्पिकर क्षेत्र प्रसाद ज्ञावालीले असल अभिभाबक को भूमिका दायित्व तथा काम र कर्तव्यको बारेमा उपस्थिति अभिभावक […]
जाजरकोटमा कक्षा १२ को परीक्षामा चिट चोराउन भन्दै विद्यार्थीबाट लाखौं पैसा उठाइयो

वैशाख २६, सुर्खेत । जाजरकोटको कुशे गाउँपालिकामा परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोर्न सहज बनाइदिने भनेर विद्यार्थीबाट पैसा असुल गरिएको छ। लक्ष्मी माध्यामिक विद्यालय परीक्षा केन्द्र र जनता माध्यामिक विद्यालयमा विद्यार्थीबाट पैसा उठाएर केन्द्राध्यक्ष र सुरक्षामा खटिएका प्रहरीलाई ‘घुस खुवाएर’ चिट चोराउने भन्दै विद्यालयका लेखापालद्वारा कक्षा १२ को परीक्षा दिने सबै विद्यार्थीबाट पैसा असुल गरिएको हो। […]
कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

वैशाख १३, काठमाडौं । कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२, ७३, ७४, ७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा संचालनको तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९ देखि १८ गतेसम्म संचालन हुनेछन् […]
हार्भेष्ट मुन सेकेन्डरी बोर्डिङ स्कुलको वार्षिक नतिजा प्रकाशन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चैत्र ३०, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ३ तातापानीस्थित हार्भेष्ट मुन सेकेन्डरी बोर्डिङ स्कुलले २०७९ को वार्षिक नतिजा प्रकाशन तथा उत्तीर्ण विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम गरेको छ । नयाँ वर्ष २०८० को शुभ अवसरमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक तथा सल्लाहकार गणेशप्रसाद भट्टराईको अध्यक्षतामा राष्ट्रिय नेशनल प्याप्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल सिंह प्रमुख अतिथिको […]
‘हामी र हाम्रो वीरेन्द्रनगर’ नामक स्थानीय पाठ्यपुस्तक बनाउने तयारीमा वीरेन्द्रनगर

चैत १७, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गरेर अध्ययन गराउदै अाइरहेको छ । वीरेन्द्रनगरमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले अन्य पुस्तकसँगै आफ्नै पालिकाको बारेमा जानकारी पाइने पुस्तक पढिरहेका छन । अहिले कक्षा १ देखि ३ सम्म ‘हामी र हाम्रो वीरेन्द्रनगर’ नामक पुस्तक प्रकाशनमा ल्याएको नगरपालिकाका शिक्षा शाखा प्रमुख रामलाल आचार्यले बताए । कक्षा […]
आमाको महानता : जस्ले गलाको तिलहरी धितो राखेर छोरालाई एसइई परीक्षा दिन पठाईन्

आजदेखि एसइइ परीक्षा संचालनमा आएको छ । यसै क्रममा कोहलपुर–२, गौरीनगरकी एक आमाले महानता देखाएकी छिन् । कस्तुरा बुढाले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी छ्न् । शुल्क नतिरेको भन्दै विद्यालयले प्रवेशपत्र नदिएपछि कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेर छोराको शुल्क तिरेकी हुन् । […]