
रिकभरिङ नेपाल कर्णाली प्रदेशले हाम्रो गोल लागुऔषध बिरुद्धको बोल भन्ने मुल नाराका साथ आज देखि ’रिकभरिङ कप २०८०’ खेलको शुभारम्भ गरेको छ ।


वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ स्थित चिसापानीको खेलमैदानमा आयोजना गरिएको खेललाई कणर्ाली प्रदेश प्रहरी प्रमुख डिआईजी भिम प्रसाद ढकालले उद्घाटन गरेका थिए । उनलाई आयोजक रिकभरिङ नेपालले प्रमुख अतिथीको रुपमा स्वागत गरेको थियो ।

उद्घाटन भएलगत्तै खेल सुरु गरेको आयोजकले पहिलो खेलमा परोपकार पुनर्स्थापना केन्द्र र एकता पुनर्स्थापना केन्द्र बिच प्रतिष्प्रधा गराएको थियो । सो खेलमा परोपकार पुनर्स्थापना केन्द्रले २-० अन्तरले जितेको थियो ।


दोश्रो खेल भैरब युवा शसक्तिकरण केन्द्र र हाम्रो साथी पुर्नस्थापना केन्द्र बिच भयको थियो भने खेलमा हाम्रो साथी पुर्नस्थापना केन्द्र २-० को अन्तरले जितेको रिकभरिङ नेपाल कणर्ाली प्रदेशका फोकल प्रसन ओम बहादुर शाहीले जानकारी दिएका छन् ।