खेलकुदका लागि सल्यानमा बिसी ग्रुपको आर्थिक सहयोग

बिरेन्द्र बुढा, सल्यान

श्री कृष्ण जन्मास्टमीको अवसर सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा हुन गैरहेको एतिहासिक एवम् धार्मिक मेला- २०८० को लागि बिसी ग्रुपले आर्थिक सहयोग गर्ने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारासहित वनगाडमा सुरु हुदै गरेको गोल्डकपका निम्ति वि.सी. ग्रुप अफ बनगाडका महानिर्देशक, राजेन्द्र कुमार बि.सी. लगायत गुप्र प्रतिनिधिहरु रोशन मान सिँह क्षेत्री (बालेन), विराट मान सिँह क्षेत्री, सचिन मान सिँह क्षेत्रीले रु ३०,०००। (तीस हजार रुपैयाँ) सहयोग गर्ने भएका हुन ।

महानिर्देशक राजेन्द्रका अनुसार यस क्षेत्रका यूवाहरुको खेलकुद प्रतिको रुचीको मुल्याङकन होस भन्नका लागि यो आर्थिक सहयोग गरिएको हो । उनले भने हामी यो क्षेत्रको यूवाहरुको खेल प्रतिको लगावको सम्मान गर्न चाहन्छौ र यो क्षेत्रबाट राष्ट्रिय स्तरका खेलाडीको उदय होस भन्ने चाहन्छौ । त्यसका लागि यो सानो सहयोग गरिएको हो र आवश्यक परे बिसी ग्रुपले थप सहयोग समेत गर्नेछ ।