गुर्भाकोटमा छेलो प्रतियोगिता सम्पन्न, ७ नम्बरका अजय अधिकारी प्रथम

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा पालिकास्तरीय छेलो प्रतियोगिता सम्पन्न भएको छ । गुर्भाकोट नगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा भएको छेलो प्रतियोगीतामा सहभागीताको लागि २२ जनाले नाम लेखाएकोमा सबैको उपस्थिति रहेको थियो ।

छेलो प्रतियोगितामा गुर्भाकोट ७ का अजय अधिकारि ३८.३ फिट फ्याकेर प्रथम, वडा नम्बर ८ का राम बहादुर बिक ३४.५ फिट फ्याकेर द्वितीय, वडा नम्बर ६ का गणेश बिक ३२.१० फिट फ्याकेर तृतीय र दिल बहादुर बिक ३२.३ फिट फ्याकेर सान्तवना भएका छन्। प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने लाई क्रमश पाच हजार, तिन हजार, दुई हजार र एक हजार नगद पुरस्कार प्रमाणपत्र र कपडाको फेटा (पकडी) सहित सम्मान गरिएको हो ।

गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुन प्रमुख अथिति, पूर्ण बहादुर खत्री बिशेष अतिथि तथा ८ नबर वडाका वडा अध्यक्ष किरन बिक को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समाजसेवी बुद्दिजिबि लगाएत स्थानीयको उपस्थिति रहेको थियो ।