भेरिगंगा नगरपालिकाः छेलो प्रतियोगिताको उपाधि ९ नम्बरका बिर्ख बहादुर बिक लाई

सुर्खेत, भदौ १२ । पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिकामा पालिकास्तरीय छेलो प्रतियोगिता सम्पन्न भएको छ । भेरिगंगा नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय प्राङ्गनमा भएको छेलो प्रतियोगिताको लागि १६ जनाले नाम लेखाएकाे र १५ जना उपस्थित भएको ८ नम्बर वडा कार्यालय सचिब लेखनाथ शर्माले जानकारी दिनु भयो । छेलो प्रतियोगितामा भेरिगंगा नगरपालिका वडा नम्बर ९ का बिर्ख बहादुर बिक प्रथम,वडा नम्बर ८ का मोहन बिक द्वितीय,मनोज बिक तृतीय त रमेश बिक सान्तवना भएका छन्। प्रथम हुनेलाई छ हजार,द्वितीय हुनेलाई चार हजार,तृतीय हुनेलाई तिन हजार र सान्तवना अर्थात चौथो हुनेलाई दुई हजार रुपैया नगद पुरस्कार प्रमाणपत्र र कपडाको फेटा (पकडी) सहित सम्मान गरिएको हो।

भेरिगंगा नगरपालिका उप-प्रमुख धनसरा बोहोरा प्रमुख अतिथि,वडा अध्यक्ष पुसे कामि, सभाध्यक्ष तथा कार्यपालिका सदस्य अमृता बिस्ट, योजना शाखा प्रमुख पिताम्बर पौडेल ,वडा सचिब लेखनाथ शर्मा,पूर्व वडा अध्यक्ष पदम खत्री ,मैनतडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, बुद्दिजिबि एवं समाजसेवीको उपस्थिति रहेको थियो।