
पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिकामा पालिकास्तरीय छेलो प्रतियोगिता हुने भएको छ । भेरिगंगा नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय प्राङ्गनमा हुने छेलो प्रतियोगितामा सहभागिताको लागि बिहान १० बजे देखि १ बजे सम्म नाम दर्ता गराउन सकिने ८ नम्बर वडा कार्यालयले जानकारी दिएको छ ।

भेरिगंगा नगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा यहि भदौ १२ गते नगरस्तरीय छेलो प्रतियोगिता हुने भएको हो । छेलो प्रतियोगितामा प्रथम हुनेले रु छ हजार,दोस्रो हुनेले चार हजार,तेस्रो हुनेले तिन हजार र सान्तवना अर्थात चौथो हुनेले दुई हजार रुपैया पुरस्कार पाउनेछन ।