
विरेन्द्र बुढा, सल्यान
सल्यानको बनगाड कुपिण्डे न.पा. ०१ देवस्थलमा श्री कृष्ण जन्माष्टमीको शुभ अवसरमा हरेक बर्ष पौराणिक मेला लाग्दै आएको छ । सत्य युगमा भगवान श्री कृष्ण यहाँ बास बसेको हुँदा यस पबित्र स्थलको नाम देवस्थल रहन गएको हो भन्ने कुरामा मानिसहरु विश्वास गर्दछन । उतिबेला सुनको मुर्ति भएको तर पछि आएर सुनको मुर्ति चोरी गरेर मन्दिरको अवशेषलाई भत्काइ ढुंगाको मुर्ति बनाइएको कुरामा मानिस हरु बिश्वास गर्दछन । हरेक बर्ष झै यो बर्ष पनि देवस्थलमा मेला लाग्ने भएको छ ।


उक्त दिन आसपासका क्षेत्रबाट हजारौं मानिसको घुइँचो लाग्ने गर्दछ । मेला अबलोकन गर्ने र पुजापाठ गर्ने हेतुले सुर्खेत, जाजरकोट लगायतका थुप्रै मानिस हरु यहाँ आउने गर्दछन । देवस्थलमा रहेको ऐतिहासिक तथा धार्मिक धरोहर श्री कृष्ण मन्दिर बिग्रदै र भत्किदै गईरहेको तर यहाँको नगरपालिकाले यसको संरक्षण र सम्बर्द्धनमा कुनै चासो देखाउने गरेको छैन भन्दै यूवाहरूले गुनासाे गरेका छन् । बर्सौदेखि जिर्ण बन्दै आईरहेको कृष्ण मन्दिरमा कसैले चासो नदेखाएपछि स्थानिय वासिन्दा तुलाधर नेपालिले आफ्नो व्यक्तिगत रकम र सहयोग संकलन गरेर मन्दिरमा गजुर, रङरोगन, तारजाली, गेट र मर्मत कार्य गरेका छन् ।
उक्त मेलालाई धार्मिक सङसङ्गै फुटबल खेलको मेलाले पनि चिन्ने गरिन्छ । उक्त मेलामा हरेक बर्ष जनकल्याण युवा कलबले फुटबल खेलको आयोजना गर्दै आएको छ । यस बर्ष जनकल्याण युवा क्लबका सबैभन्दा कान्छा सदस्य १९ वर्षीय विश्वास बि सि (ज्ञानु) ले देश बिदेशमा रहनु भएका दाजुभाइ, यहाँका वुद्धिजिबि, व्यापारी, संघ-संस्था बाट सहयोग संकलन गरि १ लाख प्रथम पुरुस्कार सहितको खुल्ला पुरुष फुटबल प्रतियोगिता संचालन गर्ने जानकारी दिएका छन ।

उनले सुर्खेत, जाजरकोट, रुकुम, दाङ, बाके, बर्दिया लगायतका विभिन्न क्षेत्रका सम्पुर्ण खेलाडीहरुलाई खेलमा सहभागी हुन विनम्र अनुरोध पनि गरेका छन । “खेल संचालनले यस क्षेत्रको बजार व्यवसाय पनि बढ्छ र खेलको बिकास पनि हुन्छ । दुःखको कुरा यस क्षेत्रबाट भने जस्तो रकम सबै बाट संकलन नहुदा आफ्नै गोजीबाट पनि केहि रकम थपेको छु । नगरको कुनै पनि क्षेत्रमा खेलकुद मैदान छैन र नगरलाई खेलकुद मैदानको लागि धेरै पटक ध्यानाकर्षण गराउदा पनि नगरले कुनै चासो देखाएको छैन । उनको भनाई रहेको छ”।