
बिरेन्द्र बुढा सल्यान

सल्यानको बनगाड कुपिन्डे नगरपालिकाकामा बैशाख २१ गते बाट संचालन हुन लागेकाे मेयरकप प्रतियोगितामा कार्यविधि नबनाई खेल संचालन गर्न लागेकाे भन्दै सर्वदलिय यूवाहरूले बिराेध जनाएका छन् । जिल्ला स्थित ५ अाेटा राजनैतिक दलका यूवाहरूले संयूक्त बिज्ञप्ती जारी गर्दै साे बिराेध गरेका हुन् । भाेली हुन लागिरहेकाे खेलकुद कार्यक्रममा बिभिन्न ७ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका थिए ।

५ राजनैतिक दलका प्रतिनिधीले हस्ताक्षर गरेकाे बिज्ञप्तीमा तत्काल मागहरू पुरा नभए चरणबद्द अान्दाेलन गरिने उल्लेख गरिएकाे छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तिले उक्त ज्ञापन पत्र बुझेका थिए ।
