त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने सरकारको निर्णय

काठमाडौं। सरकारले कीर्तिपुरस्थित रहेको त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको बजेटमा त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।

मंगलबार फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।