१३औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र भलिवलतर्फ कर्णाली प्रदेश प्रथम

वैशाख १७, सुर्खेत । काठमाडौंको दशरत रंगशालामा सम्पन्न १३औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र भलिवलतर्फ कर्णाली प्रदेश प्रथम भएको छ । कर्णाली प्रदेशको छात्र भलिवल टिम तर्फबाट कमल बोहोरा, शिशीर बुढा मगर, पहल गहतराज, दिनेश कुमार शाही, रमेश डाँगी, अनिश शाही, इन्द्रजित राना, ललित परिवार र रोहित परिवारले खेलेका थिए ।

उक्त भलिवल टिमको प्रशिक्षण बाबुराम मल्लले गरेका थिए भनें व्यवस्थापन मोतिराम नेपालीले गरेका थिए ।

वैशाख १५ गतेदेखि सुरू भएको १३औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज वैशाख १७ गते सम्पन्न भएको छ ।