दोस्रो एसपीसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरू आज दक्षिण कोरिया जाँदै

चैत २७, काठमाडौँ । दोस्रो एसपीसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरू आज दक्षिण कोरिया जाँदै छन् ।

सो प्रतियोगितामा भाग लिनका लागि ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरिया जान लागेको हो ।

नेपाली टिममा जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् भने भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । साथै, टेबल टेनिस प्रशिक्षक ज्याकी महर्जन पनि टोलीमा रहेका छन् ।

प्रतियोगिता अप्रिल १० देखि १८ तारिखमा हुनेछ ।