
चैत्र २१, सुर्खेत । प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड छोनोट प्रतियोगिता आगामी बैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनाम हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड छोनोट प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडिहरुलाई आवश्यक कागजात सहित काउन्सिलको इमेल karnalisportscouncil@gmail.com र कार्यालयमा चैत २९ गतेभित्र बुझाउन अनुरोध गरेको छ ।
खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने र सबैलाई खेलकुद गतिविधिमा सहभागी हुन प्रोत्साहन गर्ने परिषद्को विश्वास छ । प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड छोनोट प्रतियोगितामा इच्छुक खेलाडीहरूका लागि आफ्नो सीप र प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्ररावले प्रतियोगिता सफल बनाउन आफूहरु तत्पर रहेको बताउँदै सबैलाई सक्रिय रुपमा सहभागी हुन आग्रह गरेका छ्न् ।
थप जानकारीको लागि काउन्सिलको कार्यालय वीरेन्द्रनगर, सरखेत, सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
